Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा/फोरमलाईलाई सरकारमा नजान मधेश संघर्ष समितिको सुझाव

जनकपुर : संयुक्त मधेश संघर्ष समितिले मधेशवादी दलहरु राजपा/फोरमलाईलाई संविधान संशोधन नभए सम्म बाहिरबाटै सरकारलाई सहयोग गर्न सुझाएको छ ।

दुई नम्बर प्रदेशको राजधानी जनकपुरधामको जनक चोकमा शनिबार बसेको समितिको बैठकले समय सीमा तोकिएको बुंदामा सरकारसंग लिखित सम्झौता गर्नु पर्ने सहितका विभिन्न चार वटा निर्णय गरेको छ ।

समितिका संयोजक धर्मेन्द्र साहको अध्यक्षतामा भएको सो बैठकले मधेशवादी दललाई नेपाल सरकार संग संविधान संशोधन सम्बन्धि कति दिन भित्र गर्ने हो ? सो को लिखित सम्झौत गर्ने, मधेशवादी दलहरुले जब सम्म संविधानमा संशोधन हुँदैन तब सम्म सरकारमा नगई बाहिरबाटै सहयोग गर्ने गर्नुपर्ने सुझाव दिएको छ ।

त्यस्तै ‘राष्ट्रपति चुनावमा मधेश विरोधी पार्टी नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेकी विद्यादेवी भण्डारीलाई राजपाले जनाएको समर्थन प्रति हाम्रो आपत्ति छ’ संघर्ष समितिले गरेको निर्णय म्यानुटमा उल्लेख छ ।

तोकिएकै मिति भित्र संविधान संशोधन भएन भने मधेशवादी नेतालाई प्रदेश प्रवेशमा निषेध गरिनेछ, लगायतको निर्णय गरिएको अध्यक्ष साहले जनाएका छन ।

प्रकाशित मिति: Mar 10, 2018

प्रतिक्रिया दिनुहोस्