Logo
११ श्रावण २०८१, शुक्रबार
(March 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाको निशानामा ओली : काउन्टर दिन गगन थापालाई ठुलो जिम्मेवारी !

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सदनमा कांग्रेसको भूमिका प्रभावकारी बनाउन तत्काल मुख्य सचेतकको मनोनयन गर्ने तयारी गरेका छन् ।

काग्रेस संसदीय दलको विधानमा मुख्य सचेतकको जिम्मेवारी महत्वपूर्ण भएकाले सभापति देउवाले सो जिम्मेवारी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने सासदलाई मुख्य सचेतकको जिम्मेवारी दिने देउवा निकट एक नेताले बताएका छन् ।

देउवाले राष्ट्रिय सभाको संसदीय दलको नेता पनि मनोनित गर्न बाँकी छ । निर्वाचनमा कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा सीमित भएपछि कांग्रेस सभापति देउवालाई प्रधावकारी ढंगले काम गर्न सक्ने क्षमतावान सांसदलाई मुख्य सचेतक बनाउन दबाब पनि बढेको छ ।

मुख्य सचेतकमा काग्रेसभित्र कृष्णप्रसाद सिटौला पक्षले गगन थापालाई मनोनित गर्न संसदीय दलका नेता देउवालाई दबाब दिइरहेका छन् भन्दै नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति: Mar 10, 2018

प्रतिक्रिया दिनुहोस्