Logo
११ श्रावण २०८१, शुक्रबार
(March 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

औषधिको सेवनबाट गर्भपतन गर्नेहरुको संख्या ह्वात्तै बढ्यो

काठमाडौं : पछिल्लो समय औषधिको सेवनले गर्भपतन गर्नेहरु बढेको पाइएको छ । तर यसले महिला स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सचेत हुन चिकित्सकको सुझाब छ । मेडिकल एबोर्सन होस् वा सर्जिकल, दुवैले शरीरलाई हानी गर्छन् । गर्भपतनलाई नै परिवार नियोजनको साधनजस्तो ठान्नु गम्भीर जोखिम निम्त्याउनु हो । १५ वर्षदेखि २५ वर्षसम्मका यूवतीहरु गर्व निरोधक साधनहरको सट्टा औषधी सेवनमा बढी जोड दिने गरिइएको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा वर्षेनी करिब २ करोड २० लाख महिलाले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ । नेपालमा प्रत्येक वर्ष झण्डै तीन लाख २२ हजारले गर्भपतन गराउने गरेकोमा त्यसमध्य करिब ५८ प्रतिशत अर्थात एक लाख ८६ हजारले असुरक्षित गर्भपतन गराउने गरेका छन् । नेपालमा करिब ७ प्रतिशत मृत्यु असुरक्षित गर्भपतनका कारण हुने गरेको तथ्यांकमा उल्लेख छ ।

लगातार गर्भपतन गर्नुले बाँझोपन निम्त्याउन सक्छ । पाठेघरमा इन्फेक्सन हुने, धेरै ब्लिडिङ हुने र ज्यानै जाने पनि हुन सक्छ । सन्तान नबसेको भनेर गुनासो गर्न आउनेमध्ये कतिपयको पाठेघरमा क्षति भइसकेको भेटिने गरेको पाइएको छ ।
अविवाहित युवतीले गर्भपतन गर्नु सामाजिक रूपमा गलत ठानिने भएकाले पनि ज्यान जोखिममा राखेर आफूखुसी काउन्टरबाट औषधि किनेर ‘मेडिकल एबोर्सन’ गराउनेहरू बढेका बिक्रेताहरुको बुझाई छ ।

प्रकाशित मिति: Mar 9, 2018

प्रतिक्रिया दिनुहोस्