Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आवश्यकता भन्दा धेरै तलब भएको भन्दै सरकारी चिकित्सकहरु विरोधमा

आफूहरुलाई दिइएको तलब सुविधा बढि भएको भन्दै क्यानडाका पाँच सय भन्दा धेरै चिकित्सकले विरोध गरेका छन् । चिकित्सकहरुले एक विरोध पत्रमा सामुहिक रुपमा हस्ताक्षर गर्दै आफूहरुलाई दिइएको सुविधा धेरै भएको बताएका हुन् । क्यानडामा एकजना चिकित्सकले वार्षिक २ लाख ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने गरेका छन् ।

आफू भन्दा तल्लो तहका कर्मचारी तथा नर्सले काम अनुसार पारिश्रमिक नपाएको तर आफूहरुलाई भने आवश्यकता भन्दा धेरै तलब दिइएको उनीहरुको भनाइ छ । उनीहरुले विरामीले पाउनुपर्ने सुविधा पनि नपाइरहेको अवस्थामा चिकित्सकको तलब बढ्नु आश्चर्यजनक भएको बताएका छन् ।

साथै उनीहरुले आफूहरुको वृद्धि गरिएको तलब कटौति गर्न पनि माग गरेका छन् । चिकित्सकहरुले पत्रमा भनेका छन्, ‘स्वास्थ्य क्षेत्रका श्रोतहरु सबैलाई समान रुपमा वितरण गर्ने धेरै विकल्पहरु छन्, र तीनले आम नागरिकको स्वास्थ्यमा सुधार ल्याउन सक्छ भने तल्लो तहका कर्मचारीहरु पनि मारमा पर्ने छैनन् ।’ – एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Mar 9, 2018

प्रतिक्रिया दिनुहोस्