Logo
१२ श्रावण २०८१, शनिबार
(March 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपराष्ट्रपति राजपालाई, उपसभामुख फोरम र राष्ट्रियसभा अध्यक्ष माओवादीलाई

काठमाडौं : सरकार र राष्ट्रिय जनता पार्टी नेपालबीचमा सत्ता समिकरणमा सम्झदारी भएको छ । यद्यपी यसलाई सत्ता घटक नेकपा एमाले–माओवादी र राजपाबीच औपचारिक सहमती हुन बाँकी छ । शुक्रवार प्रधानमन्त्री केपि शर्मा ओली र राजपा अध्यक्ष मण्डका संयोजक महन्थ ठाकुरबीच भएको वार्तामा उपराष्ट्रपति राजपाले र उपसभामुख संघीय समाजवादी फोरमले मोटामोटी सम्झदारी बनेको हो ।

त्यस्तै राजपा फोरमले २/२ ओटा मन्त्रालय पाउनेछन् । साथै सरकारले संविधान संशोधन प्रकृया तत्कालै अगाडी बढाउने सम्झदारी बनेको छ । तर सत्ता घटक एमाले–माओवादीले यसलाई औपचाकिरता दिन बाँकी छ । ‘एमालेले बर्तमान राष्ट्रपतिलाई नै उम्मेदवार बनाएपछि माओवादीले पुनलाई फिर्ता गर्न मान्ने हो की होइन यत्ति मात्रै कुरा बुझ्न बाँकी छ’ एमालेका एक नेताले भने ‘प्रधानमन्त्री र राजपा/फोरमका शिर्ष नेताबीच अनौपचारिक सहमती बनेको छ अब माओवादी र एमालेबीच आपसी छलफल हुन बाँकी छ ।’ उनले भने ‘राष्ट्रिय स्वरुपको सरकार बनाउन पनि फोरम/राजपालाई पनि सरकारमा सँगै लिएर जाने तयारीमा प्रधानमन्त्री ओली हुनुहन्छ, उपराष्ट्रपति राजपालाई दिएर माओवादीलाई राष्ट्रियसभा अध्यक्ष दिनसक्ने उहाँले योजना बनाउनु भएको छ ।

श्रोतका अनुसार एमाले/ओवादी र राजपा/फोरमबीचको सहमती पछि महन्थ ठाकुर उपराष्ट्रपति र सरिता गिरी उपसभामुख बन्ने भएका छन् । निर्वाचन प्रकृयामा वाम र मधेश गठबन्धनले संयुक्त रुपमा उम्मेदवारी दिनेछन् ।
श्रोतका अनुसार प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली स्यंवले नै राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेका हुन् ।

ठाकुरले आफ्नो पार्टीमा आपसी सल्लाह गरि भन्ने जवाफ दिएका थिए । यसका लागि शनिवार राजपा अध्यक्ष मण्डलको बैठक बस्ने छ । पार्टीका नेता जिल्ला बाहिर भएकाले शुक्रवार नै राजपामा छलफल हुन सकेनन । राजपा नेपालका महासचिव एवं प्रवक्ता केशव झाले सविधान संशोधनलगायत अन्य पदको विषयमा समेत मोटामोटी सम्झदारी भइसकको बताए ।

‘उपराष्ट्रपति उहाँहरुले नै प्रस्ताव गरेका हुन् हामिले तीनवटा मन्त्रालय पनि मागेकाछौं’ उनले भने, कुराकानी भइरहेको छ, उपराष्ट्रपति दिने फाइनल भयो भने कसलाई दिने त्यो विषयमा पार्टीले टुगों लगाइनेछ ।’
राजपा अध्यक्ष मण्डलका अर्का नेता राजकिसोर यादवले प्रधानमन्त्रीको प्रस्ताववारे ठाकुरले पार्टीभित्र अनौपचारिक छलफल गरिरहेको बताए ।

प्रधानमन्त्री ओली ठाकुरलाई नै उपराष्ट्रपति बनाउन चाहेका छन् । राजपा नेपालमा अन्य नेताहरु पनि ‘ठाकुर नै उपराष्ट्रपति बनिदिए हुन्थ्यो’ भन्ने छ । ‘महन्थजी मन्त्री बन्नुहुन्न । उहाँलाई चाहिएको प्रधानमन्त्री, राष्ट्रपति र सभामुख हो । तर, यी मध्ये अब राजपाको भागमा आउने कुनै बाँकी रहेन । त्यसैले उहाँ उपराष्ट्रपति नै बन्नुहुन्छ ।’ उनले भने ।

स्रोतका अनुसार ठाकुरले पनि आफु निकटकासँग उपराष्ट्रपति बन्ने इच्छा देखाएका छन् । राजपा नेपालले एमाले र माओवादी केन्द्रसँग वातार्मा तीन मन्त्रालय र उपराष्ट्रपति माग गरेको थियो । सत्तारुढ दल दुईटा मन्त्रालय र उपराष्ट्रपति दिन सहमत भएका छन् । सविधान संशोधनका विषयमा एमाले र माओवादी केन्द्रले सैद्धान्तिक सहमति जनाइसकेको छ ।

देउवाले पनि गरे ठाकुरलाई फोन
यसैबीच, ठाकुरलाई काँग्रेस सभापति शेरबहादुर देउवाले सहकार्यका लागि आग्रह गरेका छन् । काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीको राष्ट्रपति उम्मेदवार लक्ष्मी राईलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

सोही क्रममा उनले हिजो (विहिवार) राष्ट्रिय जनता पार्टी नेपालका संयोजक ठाकुरलाई फोन गरि आफ्नो दलको राष्ट्रपति उम्मेदवार राईलाई सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले उपराष्ट्रपतिका लागि अफर गरेको २४ घण्टा नवित्दै देउवाले ठाकुरलाई फोन गरेका हुन् ।

विगतमा दुई दलको बीचमा भएको सहकार्यलाई निरन्तरता दिन देउवाले गरेको आग्रह संयोजक ठाकुरले बताएका छन् । राजपा स्रोतका अनुसार फोनमा ठाकुरले देउवालाई भनेका छन्, ‘दुई नम्बर प्रदेशमा तपाईंहरुले नै सहकार्य तोड्नु भएको छ । अनि अब पुनः कसरी सहकार्य हुन्छ । यस विषयमा पार्टीमा छलफल नगरि केही भन्न सकिदैन ।’ फोनमा देउवाले दुई नम्बर प्रदेशमा सहकार्य नटुटेको बताएका थिए ।

संसदका लागि बलियो प्रतिपक्ष चाहिन्छ भनेर प्रतिपक्षमा बसेको देउवाले प्रतिकृया दिएको स्रोतको भनाई छ । प्रदेश दुईमा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालको संयुक्त सरकार बनेको छ । सो सरकारलाई बामगठबन्धनले सघाएको छ ।

प्रकाशित मिति: Mar 9, 2018

प्रतिक्रिया दिनुहोस्