Logo
१२ श्रावण २०८१, शनिबार
(March 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालकृण ढुंगेललाई रिहा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ९४ बुँदे ज्ञापनपत्र

काठमाडौं : कारागारमा रहेका माओवादी नेता बालकृण ढुंगेललाई रिहा गर्न माग गर्दै प्रधानमन्त्री केपि शर्मा ओलाीलाई ९४ बुँदे ज्ञापनपत्र बुझाइएको छ ।

बैद्य माओवादीसम्वद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो । देजमोका अध्यक्ष सीपी गजुरल सहितको टोलीले शुक्रवार बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा १९५० को सन्धी खारेजीदेखि कालोबजारी तथा महंगी नियन्त्रणसम्मका माग राखिएको छ ।

साथै जनयुद्धकालिन मुद्धाहरुलाई ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ बाट समाधान गर्ने सहमति कार्यान्वयन गर्न र जेलमा रहेका बालकृष्ण ढुङ्गेल लगायतको मुद्दा फिर्ता गरी रिहा गर्न माग गरिएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जनाएका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले केही वर्षपछि यस्ता विज्ञप्ति लिएर हिँड्नु पर्ने दिन नआउने बताए । ओलीले भने, ‘केही वर्षपछि यस्ता ज्ञापनपत्र लिएर हिड्नु पर्ने दिन अन्त्य हुन्छन् ।’

आफ्ना मागहरुलाई पुरा गर्ने प्रक्रिया अघि नबढाए सङ्घर्षका कार्यक्रम अघि सार्ने उसको चेतावनी छ ।

प्रकाशित मिति: Mar 9, 2018

प्रतिक्रिया दिनुहोस्