Logo
१२ श्रावण २०८१, शनिबार
(March 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीवनाथ चौधरी प्रहरीको फरार सुचिमा, प्रहरी भन्छन् ‘यो राजनीति हो’

काठमाडौ : धनुषा जिल्ला अदालतले जनकपुरका जीवनाथ चौधरी फरार सुचिमा रहेको खुलेको छ । धनुषा जिल्ला अदालतका न्यायाधीश बासुदेव पौडेलको इजलासले २०७४ पुस ७ ज्यान मार्ने उद्योग मुद्दामा थुनछेक आदेशको क्रममा फरार रहेका प्रतिवादी चौधरीलाई पक्राउ गर्न आदेश जारी थियो ।

फरार सूचिमा रहेका चौधरी जनकपुरको विभिन्न कार्याक्रमहरुमा खुलेयाम देखिएपछि देशको प्रहरी प्रशासनको नियतमाथि नै प्रश्न उठेको छ । चौधरी संगै जनकपुर ६ निवासी ४५ वर्षिय बालकृष्ण अग्रवाल, महोत्तरी धमौरा भगवतीपुर घर भइ हाल जनकपुर ८ निवासी २६ वर्षिय नवनित झा, जनकपुर ८ निवासी ३५ वर्षिय आसुतोष झा भन्ने शशिभुषण झा, जनकपुर १० निवासी २७ वर्षिइ पंकज कुमार महतोलाई समेत पक्राउ गर्न अदालतले भनेको थियो ।

मंसिर २, २०७४ मा जनकपुर ९ निवासी रामानन्द युवा क्लवका पूर्व अध्यक्ष प्रकाश मिश्रलाई जीवनाथ चौधरी र रितिक राज अग्रवाल लगायतका व्यक्तिहरुले पेटमा छुरा प्रहार गरी ज्यान मार्ने प्रयास गरेको अभियोगमा अदालतले उक्त आदेश दिएको हो ।

पक्राउ परेका प्रतिवादीहरुमध्ये रितिक राज अग्रवाललाई महोत्तरीको जलेश्वर कारागारमा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न भनि आदेश दिएको हो । यसैगरी पक्राउ परेका अर्का प्रतिवादी रितिक अग्रवालकी आमा मञ्जु देवी अग्रवाललाई ४५ हजार रुपैयाँ धरौटी लिई अदालतले रिहा गरेको छ । महतो र झा अदालतमा हाजिर भईसकेको छन् ।

घाइते प्रकाश मिश्रका बुवा बेदानन्द मिश्रले जाहेरी दिएपछि धनुषा प्रहरीले मंसिर ८, २०७४ मा प्रतिवादीहरु रितिक राज अग्रवाल र मञ्जु देवी अग्रवाललाई पक्राउ गरेको थियो ।

त्यसपछि घटनामा संलग्न रहेका तथा फरार रहेका अन्य प्रतिवादीहरु जीवनाथ चौधरी, पंकज महतो, आसुतोष झा भन्ने शशिभुषण झा, नवनित झा र बालकृष्ण अग्रवाललाई प्रक्राउ गर्न नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक धर्मेन्द्र ठाकुरले पुस २, २०७४ मा जिल्ला प्रहरी कार्यालय धनुषामा प्रतिवेदन दिएका थिए ।

फरार रहेको चौधरी सहित अन्य आरोपितहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी प्रविण धिताल बताए । उनले ‘यो राजनीतिक समस्या भएको बताए । उनले भने यो अन्य केशहरु जस्तो होइन यसमा राजपा र नेपाली कांग्रेसको द्धन्द्ध छ’ चौधरी कांग्रेस नेता बिमलेन्द्र निधि निकट मानिन्छ ।

प्रकाशित मिति: Mar 9, 2018

प्रतिक्रिया दिनुहोस्