Logo
५ जेष्ठ २०८१, शनिबार
(March 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कारागारमै अनशन बसेका रेशम चौधरी बिरामी, अस्पताल लगिएपनि उपचार गर्न मानेनन्

धनगढी : आफूले न्याय पाउनुपर्ने भन्दै ६ दिनदेखि कैलाली कारागारमा आमरण अनशन बसेका कैलाली क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरी बिरामी परेका छन् ।

स्थानिय प्रशासनले उनलाई अस्पताल लगगिएपनि उनी उपचार गर्न नमानेपछि उनलाई पुनः कारागार लगिएको छ । जनताबाट आफू निर्वाचित भएर पनि आफूलाई फसाउने प्रयास भइरहेको भन्दै उनी करागारमै अनशन बसेका हुन् ।

वान्ता आउने, क्षण क्षणमा बेहोस हुने समस्या देखिएपछि सेती अञ्चल अस्पताल पुर्‍याइएका चौधरीले उपचार गर्न नमानेपछि पुनः कारागार पठाइएको हो । जिल्ला कारागार कैलालीका सहायक जेलर भक्तबहादुर बिष्टले भने, ‘६ दिनदेखि खाना नखाएकाले चेकअपका लागि अस्पताल पठाएका हौं । ब्लड प्रेसर घटेको देखिएको छ । तर, चौधरीले स्लाइन चढाउन मानेनन् ।’

चौधरीले कारागारमा नै स्लाइन चढाउनुपर्ने माग गरेको कारागारका कर्मचारीले जनाएका छन् ।
चौधरीसँगै आमरण अनशनमा बसेका अन्य ५ जनालाई पनि समस्या देखिएपछि अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । उनीसँगै पुर्पक्षका लागि टीकापुर काण्डमा अभियोग लागेका २४ जना पनि अनशनमा नै छन् ।

प्रकाशित मिति: Mar 9, 2018

प्रतिक्रिया दिनुहोस्