Logo
१८ बैशाख २०८१, मंगलबार
(March 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सपनाको शहर अस्ट्रेलिया : सोचाई र भोगाइमा रूमलिएका नेपाली

अस्ट्रेलिया अहिले धेरैका लागि सपनाको मुलुक बनेको छ जहाँ आँखाभरि केहि गर्छु भन्ने सपना बुन्दै अस्ट्रेलिया भित्रने नेपाली हरेक वर्ष बढ्ने गरेका छन् । अस्ट्रेलिया पुगेर सोचेको जस्तो जीवन बिताउन के कस्तो हुने हो भन्ने कौतूहलता तब भंग हुन्छ जब नँया ठाउमाँ रुझ्नभिझ्न सोचे भन्दा धेरै फरक पाइन्छ । धरातलमा उत्रिएर सपनालाइ बिपनामा परीणत गर्ने धैर्यताको कमि जताततै छरपस्ट भेटिन्छ ।

सपनाको नगरी अस्ट्रेलियामा गर्न सक्नेलाई धेरै अवसर छन् तर ति आवसर सजिलै प्राप्त गर्न भने कठिन नै छ । एउटा अठोट, सहनसिलता र धैर्यता नै आवसर पहिल्याउने मूल मन्त्र हो तर नेपालमा रहँदा आफन्त साथीभाईले ओहो अस्ट्रेलिया जाने, जिन्दगी बन्ने भो अब, टन्न कमाइन्छ, पैसा त कति हो कति भन्दै मानसपटलमा ति स-साना गफहरु संगालेर अस्ट्रेलिया पुगेको बिद्यार्थीलाई चाडै कमाइहालौँ, आनन्दले बसौँ भन्ने हतारोले धेरै जसो गलत परिणाम निम्त्याईरहेको छ ।

सम्वृद्धि रिजाल

नेपालमा रहँदा अस्ट्रेलिया पुगेपछी यति कमाइन्छ भन्दै बुनेका सपना गन्तब्यमा पुग्न साथ पुरा नहुँदा ति कलिला मस्तिस्कमा बिचलन आउने मात्र होइन यसको परिणाम आत्महत्यासम्म पुग्ने गर्दछ । एक अध्यनन अनुसार अस्ट्रेलिया मा ७ प्रतिशत मानिसलाइ डिप्रेसनले पिरोलेको छ जसमा नेपाली बिद्यार्थी अछुतो रहन सकेका छैनन् । पारिबारिक बिछोडको तनाबदेखि बढि महत्वकांक्षा, खराब संगत साथै पढाई र कामको भारिले थिचेको कारण सपनाको नगरी अस्ट्रेलिया धेरैका लागि एउटा भयाबह डरलाग्दो शहर बनेको छ ।

धरातलमा ओर्लिएपछी मात्रै सत्य कुरा थाहा पाइने सोच बिर्सेर रुखमै पैसा फल्छझैँ कलिलो मस्तिस्कमा धेरै सपना थुपारेका कारण पनि धेरै नेपाली बिद्यार्थी मानसिक तनाबको सिकार भइरहेका छन्। बिरानो शहरमा न परिवारको काख न आफन्तको साथ सबै आ-आफ्नै काममा व्यस्त रहँदा मनमा उकुसमुकुस भएर बसेका कुराहरुले मानसिक रुपमा समेत कम्जोर बनाईरहेको छ । बाँच्नलाई पैसा कमाउने पर्ने अनि पढाई र दैनिक खर्च जुटाउनै पर्ने बाध्यताका कारण पनि त्यो मनको उकुसमुकुस गुम्सिदा गुम्सिदै मानसिक तनाबमा परिणत भइरहेको छ ।

अस्ट्रेलिया भित्रिएका जो कोहीलाई पनि केहि न केहि तनाब ले सताएको पाइन्छ चाहे त्यो एक्लो बिद्यार्थी होस् या डिपेनडेन्टमै आएका जोडी हुन्, रहनसहन, एक्लोपनदेखि काम, पढाई र पारिवारिक तनाबले पिरोलिएका हुन्छन । आफ्नो पढाई , काम र बँसाई सबैलाई एकै साथ अघि बढाउन नसक्दा गैरकानूनी बँसाई हुने डर देखि गैरकानूनी रुपमा बसेकालाई घर फर्किने चिन्ताले थिचेको पाइन्छ ।

तर यी सबै समस्याको समाधान के त ? हुन त हरेक समस्याको समाधान आफैमा लुकेको हुन्छ भनिएजस्तै सबैभन्दा पहिले त आफुले आफ्नो आत्मबल आफै बढाउन सक्नुपर्छ अनि मात्र सपनाको नगरिमा एउटा आत्मविश्वासका साथ बाँच्ने आधार मिल्दछ । यसका साथै एक्लै बस्नु भन्दा साथीभाई आफन्तसँग समय बिताउनुदेखि आफुलाई सकेसम्म व्यस्त राख्नसके नकारात्मक सोचाइले मनमष्तिस्कमा डेरा जमाउन पाउँदैन । नकारत्मक सोचाइले तपाईको जीवनलाई यदि घेरिरहेको छ भने तपाईसँग जीवनप्रति निराश हुने सय कारण होलान् तर खुसी हुने हजार कारण छन् भन्ने भनाइ मनमा राख्नुहोस् र चुनौतीलाई अवसरको रुपमा लिदैँ अघि बढ्नुहोस्, नकारात्मकता सय कदम पछाडी हुनेछ ।

nepnews बाट

प्रकाशित मिति: Mar 9, 2018

प्रतिक्रिया दिनुहोस्