Logo
१२ श्रावण २०८१, शनिबार
(March 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किम जोङ्ग उनलार्इ भेट्न डोनाल्ड ट्रम्प उत्तर कोरिया जादै

अमेरिकी राष्ट्ररपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली शासक किम जोङ्ग बीच पहिलो भेटवार्ता हुदैछ । कट्टर शत्रुका रूपमा हेरिएका यी दुर्इ नेताबीच यही मे महिनामा भेटवार्ता हुने पक्का भएको छ।

किम जोङ्ग उनले उनले भेटवार्ताका लागि ट्रम्पलार्इ निम्तो नै पठाएका छन् । जसलार्इ ट्रम्पले स्वीकार गरेका छन् । उत्तर कोरियालार्इ उधृत गर्दै दक्षिण कोरियाली सरकारले जनाए अनुसार उनले यो भेटवार्ताका लागि परमाणु र मिसाइल परीक्षण तत्काल बन्द गर्न पनि सहमति जनाएका छन् ।

व्हाइट हाउसकी प्रवक्ता सारा सेन्डर्सले भनेकी छन्, “ट्रम्पले किम जोङ्ग उनको निम्ता स्वीकारेका छन् । दुवै नेताहरूबीचको भेटवार्ता उत्तर कोरियामै मे महिनामा हुनेछ।”

‘हाम्रो चहाना र जोड भनेको उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गर्नुपर्छु’, उनले भनिन्, ‘यसैले गर्दा उत्तर कोरियामा नाकाबन्दी लागेको हो । त्यही कारण हामीले उत्तरमाथि दबाब दिइरहेका छौँ ।’

पछिल्लो समय उत्तर कोरिया र अमेरिकाबीच वार्ता गराउने काममा दक्षिण कोरियाले मध्यस्थता गरिरहेको छ। दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) चुङ्ग युई योङ्ग नै ट्रम्प वार्ताका लागि तयार रहेको जानकारी किम जोङ्ग उनलार्इ गराएका थिए ।

अक्टोबर २००० मा बिल क्लिन्टनकी विदेश मन्त्री रहेकी मेडलिन अलब्राइटले किम जोङ्ग उनका पिता तथा त्यो बेलाका उत्तर कोरियाका शासक किम जोङ्ग द्धितीयसँग वार्ता गरेकी थिइन् ।

योङ्गले भने, “मैले ट्रम्पलार्इ किम जोङ्ग उनसँग वार्ता भइसकेको बताएँ उनी परमाणु परीक्षण रोक्ने पक्षमार हेको पनि बताएँ । उत्तरले अब अब कुनै परमाणु या मिसाइल परीक्षण नगर्ने पनि बताएँ । ट्रम्पसँग चाँडै भेट्न उन तयार रहेको पनि जानकारी गराएँ ।”

केही वर्षदेखि अमेरिका र उत्तर कोरियाबीच विवाद छ। अमेरिकाले उत्तर कोरियाले परमाणु र मिसाइल कार्यक्रम समात्त गर्नुपर्ने बताउँदै आएको छ । अघिल्लो वर्ष उत्तर झन्डै दर्जन परमाणु् र मिसाइल परीक्षण गर्यो । जसमा अमेरिकासम्म हान्न सकिने अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल पनि रहेको छ ।

यो मिसाइल परीक्षणपछि अमेरिकाले उत्तर कोरियामाथि बम बर्सक फाइटर जेट उडायो । यसअघि अमेरिकाले कोरियाली प्रायद्वीपमा आफ्नो लडाकु जहाज कार्ल भिन्सनलार्इ पनि पठाएको थियो । अमेरिकालार्इ देखाउन उत्तर कोरियाले समुद्री तटमा लाइभ फायरिङ पनि गरेको थियो । उत्तर कोरियाले यो देशको सबैभन्दा ठुलो फायरिङको परीक्षण रहेको जनाएको थियो ।

परमाणु परीक्षणबीच अमेरिका र उत्तरबीच जुहारी पनि बढेको थियो । उनले परमाणुको रिमोट पनि सदैव आफ्नै टेबलमा रहने बताएका थिए । उत्तर कोरियाले पछिल्लो पटक हाइड्रोजन बम समेत ६ वटा परमाणु परीक्षण गरिसकेको छ। ट्रम्पले गत जनवरीमा उत्तर कोरियासँग वार्ताका लागि तयार रहेको बताउँदै तर परमाणु परीक्षण रोक्नुपर्ने अडान लिएका थिए । गत साल ट्रम्पले वार्ताको सम्भावना खोज्न आफ्ना प्रमुख कुटनीतिज्ञलार्इ उत्तर कोरिया पठाएका थिए ।

प्रकाशित मिति: Mar 9, 2018

प्रतिक्रिया दिनुहोस्