Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखका लागि कृष्णबहादुर महराको उम्मेदवारी दर्ता

काठमाडौँ : प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महराले उम्मेदवारी दर्ता गराएका छन् । उनले संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बिहान करिव ११ बजेर २० मिनेटमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महराले अब आफ्नो मुख्य काम भनेको संविधान कार्यान्वयन गराउनु रहेको बताए । उनले भने, ‘संविधान कार्यान्वयनसँगै धेरै कानुनहरु बनाउनु छ त्यसमा मेरो जिम्मेवारी हुनेछ । म यसको लागि लागिरहने छु ‘

उनको उम्मेदवारीको प्रस्तावकमा एमाले नेता सुवास नेम्बाङ रहेका छन् भने समर्थकमा माओवादी केन्द्रका नेता देव गुरुङ रहेका छन् । यसैगरी उनले संसदमा सांसदहरुले बोलेका कुरा, विचार, भनाइलाई पनि प्राथमिकता दिने बताए । आफूलाई समर्थन गर्न उनले नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: Mar 9, 2018

प्रतिक्रिया दिनुहोस्