Logo
१२ श्रावण २०८१, शनिबार
(March 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभाको सभामुख पदमा काँग्रेसले उम्मेदवारी नदिने

काठमाडौँ : नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी नदिने भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले सिंगो संसद्को नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक नरहोस् भन्ने मनसायमा साथ उम्मेदवारी नदिएको स्पष्ट पारे ।

केही बेरअघि नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनलाई नेकपा (एमाले) का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए भने माओवादी केन्द्रका नेता देव गुरुङको समर्थन गरेका थिए ।

उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि १ बजेसम्मका लागि समय सूचित गरिएको छ ।

प्रकाशित मिति: Mar 9, 2018

प्रतिक्रिया दिनुहोस्