Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभामा मोननित तीन सदस्यले आज सपथ लिंदै

काठमाडौ : सर्वोच्च अदालतले राष्ट्रियसभाका मनोनित सदस्यको सपथका लागि बाटो खोलेपछि आज सपथ गराइने भएको छ । सपथ कार्यक्रम आज दिउँसो दुईबजेका लागि तय गरेको संसद सचिवालयले जनाएको छ ।

अर्थमन्त्री समेत रहेका डाक्टर युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईको सपथ ग्रहण हुने भएको हो । तीनै जनाको शपथ ग्रहण रोक्न परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि शपथग्रहणको बाटो खुलेको हो । अघिल्लो सरकारले राष्ट्रियसभाका लागि तीन जना सिफारिस गरेको थियो । उक्त सिफारिस प्रधानमन्त्री केपीशर्मा ओलीले उल्टाउँदै खतिवडा, विडारी र पौडेलको नाम सिफारिस गरेका थिए । सरकारको सिफारिस आए लगतै राष्ट्रपति विद्यादेवी भण्डारीले तीनै जनालाई मनोनयन गरेकी थिईन् ।

सपथ लिएपनि राष्ट्रपति निर्वाचनमा उनीरुको मताधिकार भने हुन नसक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले तीनै जनाको मतदाता नामावलीमा नाम नभएका कारण मताधिकार नहुने जानकारी दिए । यद्धपि उनले यस विषयमा थप छलफल गर्ने जानकारी समेत दिए ।

प्रकाशित मिति: Mar 9, 2018

प्रतिक्रिया दिनुहोस्