Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब गाउँपालिकाको सहयोगमा छोरीका नाममा २५ हजारको बैंक खाता

मलंगवा : सर्लाहीको चन्द्रनगर गाउँपालिकाले २० हजार र अभिवावकले पाँच हजार गरी बालिकाको नाममा २५ हजारको बैक खाता खोलिदिने निर्णय समेत गरेको छ । बालिका शिक्षित र २० वर्षको उमेर पुगी विवाह गरेमा मात्र बैंकबाट उक्त रकम निकाल्न पाउने नियम बनाएको छ । “आजकी छोरी भोलीकी बुहारी र आमा हुन्”, अध्यक्ष महतोले भने, “ आमा शिक्षित भएमात्र परिवार र समाज शिक्षित हुन सक्छ ।” उनले बृक्षारोपन अभियानले गाउँको वातावरण स्वच्छ र गाउँ सुन्दर हुनेमा महतोले जोड दिए ।

त्यस्तै चन्द्रनगर गाउँपालिकाले ५ वटा बिरुवा रोप्ने अभिभावकका छोरीको मात्र जन्मदर्ता गर्ने निर्णय गरेको छ । १०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गाउँपालिकाले “शिक्षित छोरी : बालिग बुहारी, स्वच्छ र सम्मुनत गाउँपालिका” बनाउने अभियान अन्तर्गत जन्मदर्ता गराउन आउनु भन्दा पहिला छोरीको नाममा ५ वटा बिरुवा अनिवार्य लगाउनु पर्ने व्यवस्था गरिएको निर्णय गरेको छ ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले गाउँपालिकालाई स्वच्छ र हराभरा बनाउनका लागि जन्मदर्ता छोरीको जन्मदर्ता गर्न आउनु भन्दा पहिला ५ वटा बिरुवा रोपेर आउन आग्रह गरेका छन् । “गाउँपालिका उजाड बन्दै छ , बिस्तारै बिस्तारै सबै रुख विरुवा सखाप भए”, अध्यक्ष महतोले भने, “गाउँपालिकालाई सुन्दर र स्वच्छ बनाउन सबैले पहल गर्नुपर्ने छ। हाम्रो सानो आग्रहले गाउँ पहिला कै अवस्थामा आउन सक्छ ।”

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्