Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार विकेटले स्कटल्याण्डसँग नेपाल पराजित

काठमाडौं : जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग चार विकेटले पराजित भएको छ । नेपालले दिएको १५० रनको लक्ष्य स्कटल्याण्डले ६ विकेटको क्षतिमा ४१ दशमलव ३ ओभर खेल्दा १५३ रन बनाएरर सहजै भेट्टाएको हो । ५१ बल बाँकी हुँदै स्कटल्याण्डले नेपालमाथि सहज जित दर्ता गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपाले एक पछि अर्को झट्का व्यहोरदै बलियो स्कटल्याण्डलाई झिनो लक्ष्य दिएको थियो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६३ रन बनाए । पारसले ७५ बलमा १० चौकाको मद्दतमा ६३ रन बनाएका हुन् । स्कटल्याण्डका लागि नटआउट रहेका काइल कोएट्जरले सर्वाधिक १३६ बलमा ८८ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले र बसन्त रेग्मीले दुई–दुई विकेट लिए भने ललित नारायण राजवंशी र दीपेन्द्र सिंह ऐरीले एकएक विकेट लिए ।

नेपालका लागि अन्य ब्याट्सम्यानले भने उल्लेखनीय रन जोड्न सकेनन् । अन्तत, बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डले नेपाललाई ४७।४ ओभरमा १४९ रनमै रमेटेको हो । नेपालका लागि बसन्त रेग्मी ५१ बलमा २४ रनमा नटआउट रहे भने सोमपाल कामीले ५४ बलमा १८ रन जोडे ।

त्यसैगरी रोहितकुमार पौडेलले ४० बलमा १५ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि ज्ञानेन्द्र मला १, दीलिपनाथले चार, दीपेन्द्रसिंह ऐरी १, आरिफ शेख २, सन्दीप लामिछाने ६, ललित नारायण राजवंशी ४ र शरद भेषवाकर शून्य रनमा समेटिएका थिए ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्