Logo
१२ श्रावण २०८१, शनिबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेशमलाल चौधरीलाई शपथ ग्रहणको वातावरण बनाउन माग

काठमाडौं : संयुक्त थारु राष्ट्रिय मोर्चाले टीकापुर घटनाका आरोपित तथा सांसद रेशमलाल चौधरीलाई शपथ ग्रहणको वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । मोर्चाले बिहीबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी टीकापुर घटनाका आरोपित जेलबन्दीहरु चार दिन देखि आमरण अनसनमा बस्दै आएकोमा उनीहरुको माग उपर समर्थन जनाउँदै सरकारले वार्तामार्फत यथाशीघ्र समाधान खोज्न पनि आग्रह गरेको छ ।

मोर्चाका संयोजक श्रवण थारुले कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद चौधरीको माग बमोजिम उनलाई सांसद पदको शपथ ग्रहण गराउन नेपाल सरकारले पहल गर्नु पर्ने बताए । उनले कैलाली क्षेत्र नं. १ का जनताको मतको कदर हुनु पर्नेमा जोड दिदैं माग सम्बोधन नभए संघर्षका कार्यक्रम गर्ने चेतावनी पनि दिए ।

मोर्चाले दबाब स्वरुप चैत २७ गते प्रधानमन्त्रीलाई स्मरण पत्र बुझाउने, चैत १ गते कैलालीमा थरुहट आन्दोलनको निर्मम समीक्षा गर्ने, चैत २१ गतेसम्म इलाका स्तरीय प्रशिक्षण चलाउने र चैत २६ गते राष्ट्रिय सम्मेलन र दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्