Logo
११ श्रावण २०८१, शुक्रबार
(March 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एउटै खुट्टाको भरमा नाच्ने कलाकार रोमा न्योपाने प्रहरी नियन्त्रणमा

काठमाडौँ : एउटै खुट्टाको भरमा नाच्ने बहुचर्चित कलाकार रोमा न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक ठगी अभियोग उनी विरुद्ध रहेको एक मुद्दाको फैसला अनुसार उनलाई प्रहरीले पक्राउ गरेको हो ।  १२ फागुनमा प्रहरीले पक्राउ गरे पनि महानगरीय प्रहरी वृत्त दरबारमार्ग र लैनचौर वृत्तले मुद्दाको गम्भीरता बुझ्दै नबुझी उनलाई त्यसै छोडिदिएको थियो ।

वृत्तको गल्ती सच्याउँदै प्रहरी परिसर काठमाडौंले १३ फागुनमा न्यौपानेलाई पक्राउ गर्न काठमाडौंका सबै वृत्तमा सर्कुलर गरेपछि उनलाई पक्राउ गरिएको हो । सोही मुद्दामा उनका पति चिरञ्जीवी पोखरेल भने नख्खु करागारमा रहेका छन् । न्यौपानेविरुद्ध कोहीनूर बस्नेत, ससैना रञ्जितकार र धनेश्वरी रञ्जितकारले साढे ३६ लाख रुपैयाँ ठगी गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए ।

भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर त्यसैमार्फत भीएडी नेपाल लघुवित्त कार्यक्रम नामको सहकारी अनुमतिबिना चलाई लाखौं रुपैयाँ ठगी गरेको आरोप उनीमाथि छ । रोमा र उनका पति पोखरेलमाथि २०७२ साउन २९ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

सोही मुद्दामा अदालतले २०७३ पुस २६ गते चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो भने रोमा भने अदालतको म्याद तामेल नगरी बसेकी थिइन् । अदालतमा बयानका लागि उपस्थित नभइ उनी फरार भएकी थिइन् ।

काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार पुस २६ गते न्यायाधीश कृष्ण कोइरालाको ईजलासले रोमा प्रतिवादी भएको ठगी मुद्दामा आंशिक दाबी पुग्ने गरी फैसला गरिसकेको छ ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्