Logo
१२ श्रावण २०८१, शनिबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारी दिवसको अवसरमा ओझेलमा पारिएका महिला (५ तस्बिरमा)

काठमाडौं : राजधानीसहित देशभर १०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवशरमा विभिन्न कार्यक्रम भए । ठूला/ठूला तारे होटलदेखि राजनैतिक दल एवं विभिन्न संस्थाले महिला दिवशको अवसरमा विभिन्न कार्यक्रम गरी अधिकारको धेरै ठूला गफ दिएपनि आजको दिनसम्म वास्तविक नारीहरु माथि उठ्न सकेको पाइन्न ।

यसै सन्दर्भमा नारी दिवश मनाइरहँदा आजको दिनमा ओझेलमा पारिएका पत्रहरुलाई तस्बीरमार्फत नागरिक टाइम्सले प्रस्तुत गरेको छ ।

महिला मजदुर घर निर्माणमा व्यस्त?दच रश्र अन्तर्राष्ट्रिय महिला दिवसको दिन बिहीबार महिला मजदुरहरु बेनीस्थित एक घर निर्माणमा मजदुरी गर्दै ।
१०८औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बडीमालिका नगरपालिका–३ की महिला तरकारी र अमिलो बेच्दै ।
पूर्वी चितवनको पदमपुरमा व्यावसायिक रुपमा गरिएको च्याउ खेतीमा पानी राख्दै महिला ।
नुवाकोटको त्रिशूलीबाट तुप्चे हुँदै देउराली जाने सडकको सरसफाइ एंव मर्मतसम्भारमा खटिएका महिला कामदार ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बनहरा शिविरका महिला नारी दिवसका दिन साइकल मर्मत गर्दै । साइकल मर्मत गरेर उनले चार जनाको परिवारलाई पालनपोषण गरेकी छन् ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्