Logo
५ जेष्ठ २०८१, शनिबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रादेशिक कानून निर्माणका लागि समिति गठन

पोखरा : प्रदेश नं ४ को आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रादेशिक कानून निर्माण र मन्त्रिपरिषद्लाई विभिन्न रायसुझाव दिन विभिन्न समिति गठन गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बैठकले राजनीतिक, प्रशासन तथा विधेयक र आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यमन्त्रीको संयोजकत्वमा रहने राजनीतिक समितिमा आन्तरिक मामिलामन्त्री र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सदस्य तथा प्रदेश मुख्य सचिव सदस्य सचिव रहनुहुनेछ ।

आन्तरिक मामिलामन्त्री संयोजक रहने प्रशासन समितिमा उद्योगमन्त्री सदस्य तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव सदस्य सचिवका रुपमा रहनुहुनेछ ।

त्यस्तै उद्योगमन्त्रीको संयोजकत्वमा रहने आर्थिक समितिमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री सदस्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा बैठक शाखाका सचिव सदस्य सचिव रहने बताइएको छ ।

बैठकले आर्थिक कार्यविधि विधेयक २०७४ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले पारित गरेसँगै सो विधेयक आगामी प्रदेशसभाको बैठकमा टेबुल हुने जनाइएको छ ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्