Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तकोशीमा दुर्लभ डल्फिन माछाको चोरी शिकारी

कोशीब्यारेज : सप्तकोशी नदीमा पाइने गंगेटिक प्रजातिको डल्फिनको अस्तित्व संकटमा पर्न थालेको छ । कोशी नदी क्षेत्रको संरक्षित स्थानमा मात्रै पाइदै आएको डल्फिनको पछिल्लो समय खोलाजन्य वस्तुको चोरी शिकारी गर्नेहरुले शिकार गर्न थालेपछि सप्तकोशी नदीमा मरेका डल्फिन भेटिन थालेका छन् ।

मानिस पछाडिको चेतनशिल प्राणीका रुपमा लिईने स्तनधारी जलचर डल्फिन कोशी नदीमा गंगासागरबाट आउने र यताकै सफा र गहिरो पानीमा विचरण गर्दै आएको छ । बर्षामा बाढीले बगाएर गंगामै पु¥याउने गरेको भएपनि पानीको बहाब कम हुँदा जाँदा उनीहरु पुनः यो क्षेत्रमा आउने गर्दछन । मंगलवार कोशी गाउँपालिका वडा नम्वर ८ स्थित सप्तकोशी नदीको ४ नम्वर ढोकादेखि उत्तर पश्चिमतर्फ चोरी शिकारी गर्नेहरुले भाला रोपी मारेको अवस्थामा डल्फिन फेला परको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार लोपोन्मूख जातिको डल्फिन कोशी ब्यारेज क्षेत्रमा मृत फेला परेको सूचना पाएपछि सो स्थानमा जाँदा तीन फिट ८ इन्च लम्बाई, २ फिट २ इन्च चौडाईको पोथी डल्फिन टाउकोमा भाला रोपी मारेको अवस्थामा फेला परेको बताए ।

कोशी टप्पु बन्यजन्तु आरक्ष र कोशी ब्यारेज पश्चिम पुल आसपास असोज कार्तिक महिनादेखि चैत्र बैशाखसम्म बिहान बेलुकीको समयमा रमाउँदै खेल्दै गरेको अवस्थामा देखिने डल्फिनको संख्या दिनप्रतिदिन घट्दै गएको हुँदा डल्फिन दिनहुँजसो देखिन छाडेको स्थानीयहरु बताउँछन् ।

कोशीमा माछा मार्नेहरुले कोशीको माछा महंगो मुल्यमा बिक्री वितरण हुने भएकोले उनीहरुले डल्फिनलाई बछुवा, गोछ र काटी माछा भन्दै काटेर बिक्री गर्ने गरेको स्थानीयहरु बताउँछन । एक माझीले भने,‘ नेपाली माँझीहरुले डल्फिनलाई देवताको प्रतिक मानेर मार्दैनन तर भारतीय मछुवाराहरुले लुकिछिपी मारेर त्यसको मासु बछुवा गोछ र काटी माछा भन्दै बिक्री गर्ने गरेका छन । डल्फिनलाई काटेपछि अरु उपभोग गर्ने माछा जस्तै देखिने गरेकोले भारतीय मछुवाराहरुले डल्फिनको सिकार गर्ने गरेका छन ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्