Logo
५ जेष्ठ २०८१, शनिबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्कटल्याण्ड सामु नेपालको १ सय ५० रनको लक्ष्य

काठमाडौ : जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेलमा स्कटल्याण्डसामु १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ४७.४ओभरमा सबै विकेट गुमाउँदै १४९ रन बनायो ।
टस जितेर ब्याटिङ रोजेको नेपालको शुरुवात भने कमजोर रह्यो । नेपालले मात्र ३९ रनमा आफ्ना ५ विकेट गुमाउन पुग्यो । त्यसपछि पारसले सोमपाल कामीसँग मिलेर नेपालको इनिङ केही सम्हाले ।

रन आउट हुन अघि सोमपालले १८ रनको योगदान दिए भने युवा ब्याटस्म्यान रोहित कुमारले १५ रन बनाए । बसन्त रेग्मीले २४ को योगदान दिए । स्कटल्याण्डका लागि स्टुवार्ट विटिङहमले ३ तथा साफयान शरीफले २ विकेट लिए । अब स्कटल्याण्डले केहिबेरमा जवाफी बयाटिङ गर्नेछ । नेपालभन्दा स्कटल्याण्ड बलियो टोली मानिन्छ । नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन ।

चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने विश्वकप क्रिकेट लिगको दुवै खेलमा पनि नेपाल पराजित भएको थियो । यही फागुन २० गते भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । प्रतियोगितामा दुई खेल खेलेको स्कटल्याण्डले दुवैमा जित हासिल गरेको थियो ।

स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा हङकङलाई चार विकेटले हराएको थियो । नेपाल सुपरसिक्समा पुग्नै पर्ने दबाबमा छ । पहिलो खेलमा हार बेहोरेको नेपालले बाँकी तीन खेलमध्ये दुई खेलमा जितका साथै राम्रो नतिजा ल्याउन आवश्यक छ ।

समूह ‘बी’ मा रहेको नेपालले स्कटल्याण्डसँगै अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । चार अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा छ भने समान चार अंक नै जोडेको जिम्बावे रनरेटको आधारमा दोस्रो स्थानमा छ । दुई खेल खेलेको अफगानिस्तान अंकविहीन रहँदै तेस्रो स्थानमा छ भने समान एकरएक खेल खेलेका हङकङ र नेपाल क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।

दुवै टोली अंकविहीन छन् । लिस्ट एमा पारसको हजार रन पूरा कप्तान पारस खड्का लिस्ट ए क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । विश्वकप छनौट अन्तर्गत स्कटल्याण्डविरुद्ध अर्धशतक बनाउँदै कप्तान पारसले सो उपलब्धि हासिल गरेका हुन् । लिस्ट ए क्रिकेटमा ३० खेल्दै पारसले १ हजार ५४ रन बनाउन सफल भएका छन् । यसक्रममा उनले २ शतक र ७ अर्धशतक हिर्काएका छन् ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्