Logo
६ कार्तिक २०८१, मंगलबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोलि हड्ताल भन्दै अफबाह फैलाउने रञ्जित गुरुङ पक्राउ

काठमाडौं : फागुन २५ र २६ गते बन्द आव्हान गर्ने ‘पुर्व जनमुक्ति सेना रञ्जित गुरुङ समुह’का अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका छन् ।

गुरुङलाई काठमाडौको न्युरोडबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले गुरुङ पक्राउ परेका पुष्टि गर्दै गुरुङले धाक र धम्की दिएर चन्दा असुल्ने काम समेत गरेको पाइएको बताए ।

गुरुङको समुहले केही दिनअघि चार बुँदे माग अघि सार्दै फाग्ुन २५ र २६ गते नेपाल बन्द आव्हान गरेको थियो । गुरुङ तत्कालिन माओवादीका लडाकू हुन् ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्