Logo
५ जेष्ठ २०८१, शनिबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकै घरका दिदी र बहिनीसंगै झुण्डिएको अवस्थामा फेला

जनकपुरधाम : प्रदेश नम्बर २ को राजधानी जनकपुरमा दिदीबहिनी झुण्डेर मृत्यु भएको अवस्थामा शव फेला परेको छ । जनकपुर उपमहानगरपालिका १४ रजौल बस्ने नरेन्द्र चौधरीका माहिली छोरी १६ वर्षकी अञ्जली चौधरी र १४ वर्षकी चान्दनी चौधरीको झुण्डेर मृत्यु भएको घरपरिवारले जनाएको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक प्रविन धितालका अनुसार बिहीबार दिउँसो करिब २ बजे घरमा कोहि नभएको मौकाछोपी दुवै दिदीबहिनी छुट्टा छुट्टै कोठामा झुण्डेको अवस्थामा अचेत फेलापरेपछि घरपरिवार सहित स्थानीयले तत्कालै उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको घरपरिवारले जानकारी गराएका छन् ।

घटना हत्या हो वा आत्महत्या त्यसको विषयमा अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । दुवै दिदीबहिनीको शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । नरेन्द्र चौधरीका एक छोरा र तीन छोरी मध्ये माहिली र कान्छी छोरी झुण्डेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्