Logo
१२ श्रावण २०८१, शनिबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छवि ओझासँग मेरो बाल विवाह थियोः रेखा थापा

काठमाडौं : चर्चित अभिनेत्री रेखा थापाले आफ्नो बाल विवाह भएको बताएकी छन् । १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंको लाजिम्पाटमा आयोजित “म बोल्छुु” कार्यक्रममा उनले आफू अहिले बाल विवाह विरुद्धको अभियानमा रहेको बताएकी हुन् ।

मेरो बाल विवाह थियो । जुन दिन मैले आफ्नो भूमिका थाहा पाएँ त्यसपछि विद्रोह गरें । घरबाट केही गर्छु भनेर निस्केकी थिएँ । त्यसैले म अहिले बाल विवाह विरुद्धको अभियानमा छु’ उनले भनिन् । उनले छवि ओझासँग विवाह गरेर डिभोर्स दिएकी थिइन् । अहिले बाल विवाह विरुद्धको सामाजिक अभियन्ता समेत बनेकी छिन् ।

उनले आफूले नेपाली चलचित्र क्षेत्रमा हिरोको भूमिकामा महिलालाई ल्याएको दाबी गरेकी छिन् । उनले भनिन्, मैले नै भूमिका परिवर्तन गरेको हो । लामो पहिरनमा अल्झिएर दोस्रो भूमिका रहेका महिलालाई छोटो छरितो लुगाबाट मुख्य भूमिकामा ल्याएको बताइन् ।

‘त्यो बेला मलाई कतिले के के भने । मलाई त्यसको मतलव छैन । महिलालाई अगाडि ल्याउनुपर्छ’ मैले जहिलेपनि महिलालाई मुख्य भूमिका राखेर फिल्म बनाएकी छु । यो मेरो उद्देश्य हो । उनले भनिन् ।’ राजनीतिमा आरक्षण छुट्टयाएको भन्दै उनले विरोध पनि गरिन् । कहिलेसम्म हो महिलालाई किस्तीमा पद दिने रु नेपाली राजनीतिलाई पनि नजिकबाट बुझेकी छु । उनले भनिन् किस्तीमा दिएको पद लिएर हामी बस्नु हुन्न । प्रतिस्पर्धामा उत्रनुपर्छ ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्