Logo
१२ श्रावण २०८१, शनिबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अबको ५ वर्ष विकास निर्माणको क्षेत्रमा आधा शताब्दी हुनेछ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले आधा शताब्दीमा हुने काम पाँचै वर्षमा गर्ने बताएका छन् ।

बिहिबार राजधानीको भृकुटीमण्डपमा आयोजित सातौ अन्तराष्ट्रिय उद्योग व्यापार मेलाको उद्घाटन गर्दै ओलीले भने, ‘अबको ५ वर्ष विकास निर्माणको क्षेत्रमा आधा शताब्दी हुनेछ । आधा शताब्दीमा हुने काम हामी ५ वर्षमा गछौं ।’

देशको लागि काम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै ओलीले अब कसैले पनि भोकै बस्न पर्ने अवस्था आउन नदिने बताए ।

‘अब नेपालमा कोहि भोकै हुनु पर्दैन । त्यसको जिम्मा सरकारले लिन्छ ’, उनले भने, ‘ काम गर्न सक्नेले काम गर्छ । नसक्नेको जिम्मा सरकारले लिन्छ ।’

भ्रष्टचार मुक्त समाज निर्माणका लागि सरकार लागिपरेको भन्दै ओलीले भने, ‘सरकार भ्रष्टचारका विरुद्ध छ । भिजनको पक्षमा छ । रोजगारको पक्षमा छ । ’

काममा ढिलासुस्ती गर्नेसँग कुनै सम्झौता हुन नसक्ने भन्दै ओलीले उद्योग धन्दाको लागि सही बातावरण तयार भएकाले ढुक्क भएर लगानी गर्न समेत आह्वान गरे ।

सोही अवसरमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले अहिलेससम्म अधिकारको लागि लडिएको भन्दै अब विकासको लडाईँ सुरु भएको बताए । उनले सरकारले भ्रष्ट ठेकेदार र कर्मचारी कसैलाई पनि नछाड्ने चेतावनी दिँदै भने, ‘नेता मन्त्री बनेपछि औषधि गर्न विदेश जान्छन् । कर्मचारी असुली गर्न जान्छन् । तस्करहरु कर्मचारीलाई घुस खुवाउन जान्छन् । अब हामी यस्ता धन्दा बन्द गराउँछौं ।’

५ वर्षमा देशलाई नमुना बनाउने दाबी गर्दै यादवले त्यसको लागि गलत काममा लाग्नेलाई कडा भन्दा कडा कारबाही गरिने बताए ।

उनले भने, उनले भने, ‘ अब प्रष्ट भए हुन्छ, घुस खुवाउनेको काम अब हुँदैन । खानेको त के–के हुन्छ , हेर्दैजानुस् ।’

देशको अर्थतन्त्र छाता जस्तो होइन पिरामिड जस्तो हुनुपर्ने पनि सो अवसरमा यादवले धारणा राखे ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्