Logo
१२ श्रावण २०८१, शनिबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण झलनाथ बन्न पाएनन् उम्मेदवार, पुरै नेपाल गुट ओली समुहमा सामेल

काठमाडौं : माओवादीसंग पार्टी एकताको घोषणा मात्र बाकी रहेको नेकपा एमालेमा अध्यक्ष ओली र नेता माधव कुमार नेपाल गुट एक बनेका छन् । माओवादीसंग एकता घोषणा भएपछि पुरै एमाले नै एउटा गुट बन्ने र त्यसको नेतृत्व नेपालले गर्ने आन्तरिक समझदारी भएको खुलेको हो ।

एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री नेपालले झलनाथ खनालसँगको सहकार्य हिजोबाट अन्त्य गरेका हुन् । राष्ट्रपति निर्वाचनकोलागि उम्मेद्धवार चयन गर्ने विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकमा खनालले आफू उम्मेद्धवार बन्ने ईच्छा प्रकट गरेका थिए ।

तर, नेता नेपालले यसबारेमा कुनै सकारात्मक पहल कदमी नै देखाएनन् । उनी बरु मौन बसिदिए । माधव नेपाललले आफूलाई नै सहयोग गर्ने विश्वास लिएका नेता खनाल त्यतिखेर चित खान पुगे, जतिवेला माधव नेपालले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै उम्मेद्धवार बनाउने निर्णयमा समर्थन गरे ।

यसअघि नेता नेपालले एउटा गुटको नेतृत्व गरिरहेका थिए । नवौं महाधिवेशन यता अध्यक्ष केपी शर्मा ओलीलाई काउन्टर दिने गुट उनीसँग थियो । तर, अब माओवादी केन्द्रसँग एकता हुने भएपछि एकतापछिको नेतृत्व हत्याउनेगरि नेता नेपालले आफूलाई प्रस्तुत गरिरहेको एमाले निकट उच्च स्रोतले दाबी गर्यो ।

स्रोतले भन्यो,‘एकता महाधिवेशनमा ओलीको समर्थनमा अध्यक्ष बन्ने दाउमा उहाँ लाग्नुभएको छ, अहिलेको उहाँको प्रस्तुतिले त्यही पुष्टि गरिरहेको छ ।’ राष्ट्रपतिमा माधव नेपालले विद्यालाई साथ दिएकोले आफू राष्ट्रपति बन्नबाट बञ्चित भएको बरिष्ठ नेता खनालले आफ्नो टिमसँग गुनासो पोखेका छन् ।

उनले आफू निकटका नेताहरुसँग भनेका छन्,‘माधवजीले मलाई साथ दिएको भए, म राष्ट्रपति बन्थे तर उहाँले धोका दिनुभयो ।’ ओली र नेपालबीच आपसी समझदारीमै पुरै एमालेलाई नै एउटा गुट बनाउने एकता महाधिवेशनमा पुरै नेतृत्व निले दाउ थालिएको स्रोतको दावी छ ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्