Logo
५ जेष्ठ २०८१, शनिबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई दोहोरो झट्का ज्ञानेन्द्र र दिलिप आउट

काठमाडौँ : जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको आफ्नो महत्वपूर्ण खेलमा नेपालले बिहीबार बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ।

टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपाले सुरुमै झट्का व्यहोरेको छ । नेपालका उपकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरमै एक रन जोडेको अवस्थामा बोल्ड आउट हुन पुगेका छन् ।

उनलाई स्कटल्यान्डका सरिफले बोल्ड आउट गरेका हुन् । त्यसैगरी अर्का ओपनर दिलिप नाथ पनि आउट भएका छन् । उनले २ बलमा ४ रन बनाएको अवस्थामा ह्विट्टिङघमले एलबी डब्लु धरापमा पार्दै पेभेलियन फर्काएका हुन् ।

अहिले क्रिजमा कप्तान पारस खड्का र दीपेन्द्रसिंह एरी छन् । ३ ओभर खेलेको नेपालले ताजा अवस्थामा १२ रन जोडेको छ । पारसले ६ रन बनाउँदा दीपेन्द्रले खाता खोलेका छन् ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्