Logo
१२ श्रावण २०८१, शनिबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं : नयाँ राष्ट्रपति निर्वाचनको कार्यतालिका अनुसार बिहीबार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रशासन गर्दैछ ।  नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि यही फागुन २९ गते मंगलबार राष्ट्रपतिको निर्वाचन हुन लागेको हो ।

बेलुका ६ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रशासन हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।त्यसअघि उम्मेदवार उपर दावी विरोध भए दर्ता गर्न सकिने र उम्मेदवारी फिर्ता लिन चाहनेले फिर्ता लिन सक्ने कार्यतालिकामा उल्लेख छ । निर्वाचनका लागि मतदानको समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएको छ । नयाँ राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र लक्ष्मी राईको उम्मेदवारी परेको छ ।

भण्डारीलाई वाम गठबन्धनको समर्थन छ भने राईलाई कांग्रेसले उम्मेदवार बनाएको हो । दुवैजनाले बुधबार उम्मेदवारी दर्ता गराएका हुन् । आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम रहेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित तीनजना र प्रदेशसभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन । निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मतदान केन्द्र कायम गरिएको छ ।

 

 

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्