Logo
६ जेष्ठ २०८१, आईतबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेजनका जेफ बेजोस विश्वको सर्वाधिक धनी, बिनोद चौधरी १५ सय ६१ औँ स्थानमा

काठमाडौं । अनलाइन बुक स्टोर अमेजनका सिइओ जेफ बेजोस विश्वको सर्वाधिक धनी व्यक्ति भएका छन् भने नेपालका बिनोद चौधरीको सम्पति १ बर्षमा झण्डै २० अर्ब रुपैयाले बढेको छ । फोब्र्सले सार्वजनिक गरेको विश्वका धनी व्यक्तिको नयाँ सूचीमा बेजोसले यसअघिका सर्वाधिक धनी बिल गेट्सलाई उछिनेका हुन् । नेपालका उद्योगपति चौधरी फोब्र्सले प्रकाशन गरेको सूचीमा १५ सय ६१ औँ स्थानमा छन् ।

विगत केहीबर्षयता चौधरी अरबपतिको सूचीमा पर्दै आएका छन् । उनको १ अर्ब ५२ करोड डलर अर्थात डेढ खर्ब भन्दा बढी नेपाली रुपैयाँ बराबरको सम्पत्ति पुगेको फोब्र्समा उल्लेख छ । गतबर्ष उनको सम्पति १ अर्व ३१ करोड डलरको सम्पति थियो । यो आधारमा एक बर्षमा चौधरीको सम्पति झण्डै २० अर्ब रुपैयाले बृद्धि भएको छ ।

बेजोस एक खर्ब अमेरिकी डलरको सम्पतिका मालिक रहेको फोब्र्सले जनाएको छ । बेजोसले सन् १९९४ मा अनलाइन बुक स्टोरका रुपमा सुरु गरेको अमेजनले अहिले हरेक प्रकारका सामाग्रीको अनलाइनमार्फत व्यापार गर्न थालेको छ ।  माइक्रोसफ्टका संस्थापक बिल गेट्स बेजोस भन्दा एक स्थान तल दोस्रो स्थानमा झरेका छन् ।

गेट्सको सम्पत्ति ९० अर्ब अमेरिकी डलर रहेको फोब्र्सले जनाएको छ । तेस्रो स्थानमा अमेरिकाकै व्यापारी वारेन बफेट रहेका छन् । जसको सम्पत्ति ८४ अर्ब अमेरिकी डलर छ । चौथो स्थानमा ७२ अर्ब डलरका मालिक फ्रान्सका बर्नार्ड अर्नल्ट छन् भने फेसबुकका मालिक मार्क जुकर्बर्ग पाँचौं स्थानमा छन् ।

भारतका मुकेश अम्बानी २० धनी व्यक्ति भित्र पर्न सफल भएका छन् । ४० अर्ब डलरका मालिक अम्बानी पेट्रोलियम लगायतका ब्यापारी हुन् ।

 

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्