Logo
१२ श्रावण २०८१, शनिबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत भरदंगाका रीयाजुदिन सहित ३ पक्राउ

काठमाडौं : लागूऔषध कारोबारमा संलग्न एक भारतीय नागरिकसहित ३ जना पक्राउ परेका छन । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी डाईजाल्याप, नुफिन, फेनारागनलगायतका लागू औषधसहित नुवाकोट तलाखुका वर्ष २५ का सुनिल घिमिरे, बारा गढिमाईका ३३ वर्षका विगु रायभर र भारत भरदंगाका २६ वर्षका महम्मद रीयाजुदिनलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी गराएको हो ।

पक्राउ परेकाहरुको साथबाट ५ हजार ४ सय ९ थान लागू औषध बरामद गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । भारतको रक्सौल तथा अन्य नाकाहबाट काठमाडौं आउने बिभिन्न नाकाहरुमा विभिन्न प्रकारका लागू औषध भित्रने सूचना प्राप्त भएपछि सोही आधारमा चेकजाच गर्दा ठूलो परिमाणको लागू औषधसहित ३ जना नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्