Logo
१२ श्रावण २०८१, शनिबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै दुईहप्ता अघि पेश भएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । संसदको शपथ नलिइकन प्रधानमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक काम भएको भन्दै अधिवक्ता यज्ञमणी न्यौपानेले रिट दायर गरेका हुन् ।

सुरूमा सर्वोच्च प्रशासनले उक्त रिट अस्वीकार गरेको थियो । प्रधानमन्त्रीको नियुक्ति सम्बन्धमा परेको निवेदन दर्ता गर्न नमिल्ने भन्दै प्रशासनले दरपीठ गरिदिएको थियो । उक्त दरपीठ विरुद्ध निवेदक न्यौपानेले निवेदन दिएपछि डम्बरबहादुर शाहीको इजलासले दर्ता गर्न आदेश गरेको थियो ।

उक्त आदेश आएपछि ओलीलाई प्रधानमन्त्रीको रूपमा काम गर्न रोक लगाउने आदेशको माग गरिएको रिट बुधबार दर्ता भएको छ ।  कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकार कायम राखी त्यही सरकारबाट संसद अधिवेशन आह्वान गराउन रिटमा माग गरिएको थियो ।

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्