Logo
१२ श्रावण २०८१, शनिबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यादेवी भण्डारीलाई संघीय फोरमको समर्थन

काठमाडौं  : संघीय समाजवादी फोरमले राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलाई समर्थन गर्ने बताएको छ । वाम गठबन्धनको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएकी भण्डारीलाई मधेसकेन्द्रित दल फोरमको समेत भोट प्राप्त हुने पक्का भएको छ ।

नेपाली अनलाइन न्यूज पोर्टल नेपाल लाइभसँग कुरा गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति निर्वाचनमा सरकार समर्थित उम्मेदवारलाई समर्थन गर्ने बताए । ‘संविधान संशोधन र नयाँ सरकारको विषयमा हामी सत्तापक्षसंग नजिक छौं,’ उनले भने, ‘त्यसकारण समेत राष्ट्रपतिमा भण्डारीलाई समर्थन गर्नेछौं ।’

फोरमको समर्थनसँगै राष्ट्रपति निर्वाचनमा भण्डारीलाई दुई तिहाइभन्दा बढी मत प्राप्त हुने देखिएको छ । सत्ताको नेतृत्वकर्ता दल एमाले संविधान संशोधनमा सहमत भएपछि फोरमसमेत नयाँ सरकारमा सहभागी हुने तयारीमा छ।

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्