Logo
१२ श्रावण २०८१, शनिबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिलाको सामाजिक रुपान्तरणका लागि कानूनी सुधार हुनुपर्ने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले महिला र पुरुषबीच समानता नभएसम्म देशको आर्थिक विकास नहुने बताएकी छन् । राष्ट्रिय महिला आयोगको १६ औंँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले नेपाल संघीयतामा गइसकेको पनि महिलाको आन्दोलन समाप्त भइनसकेको उल्लेख गरीन् ।

आयोगका पूर्वअध्यक्ष नैनकला थापाले महिलामाथिको विभेद अन्त्य गर्नका लागि सबै महिला एकजुट हुनुपर्ने औँल्याईन् । आयोगका पूर्व सदस्य लिली थापाले आयोगले गाउँ नगर पुगेर महिलाको पीडा न्यूनीकरणका लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताईन् । आयोगका पूर्वसचिव शरदराज विष्टले महिलाको सामाजिक रुपान्तरणका लागि कानूनी व्यवस्थामा सुधार हुनुपर्ने औँल्याए ।

कार्यपत्र प्रस्तोता गीता पाठक र सुशीला श्रेष्ठले सामाजिक परिवर्तन नभएसम्म सर्वसाधारण जनता तथा विशेष गरी शोषित अवस्थामा रहेका महिलाले परिवर्तनको अनुभूति गर्न नसक्ने बताए । आयोगका सचिव तुल्सीराम सेढार्इंल आयोगले महिलाको अधिकारको रक्षाका लागि काम गर्दैआएको जानकारी दिए ।

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्