Logo
११ श्रावण २०८१, शुक्रबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतबाट नेपाल लागूऔषध भित्र्याउने गिरोहका तीन पक्राउ

काठमाडौं : भारतबाट नेपाल लागूऔषध भित्र्याउने गिरोहका तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई महानगरीय प्रहरी वृत, जनसेवाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद रूजादीनसहित दुर्इ नेपाली नागरिक छन् । उनीहरुलाई बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर काठमाडौं प्रहरी परिसरले सार्वजनिक गर्दैछ ।

स्रोतका अनुसार उनीहरूले भारतको नयाँ दिल्लीबाट लागूऔषध ल्याएर नेपालमा विक्री वितरण गर्ने गरेका थिए । उनीहरुको साथबाट ठूलो परिणाममा लागूऔषध समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्