Logo
१२ श्रावण २०८१, शनिबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली केन्द्रित तत्कालिन मलेठ घटनाको आज एक वर्ष पूरा

सुनसरी : मधेशी आन्दोलनको क्रममा सप्तरीको मलेठमा भएको घटनाको आज एक वर्ष पुरा भएको छ । गत फागुन २३ गते नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीको नेतृत्वमा मेची–महाकाली अभियान अन्तर्गत सप्तरीको मलेठमा आयोजित कार्यक्रम स्थल नजिकै झडप हुँदा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा सप्तरी मलेठका सञ्जन मेहता, पीताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादव थिए । त्यति बेला उपप्रधान एवम् गृहमन्त्री रहेका नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले गत जेठमा सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा मलेठ घटनामा मृत्यु भएका पाँचै जनालाई शहीद घोषणा गरे ।

व्यवस्थापिका संसदको समाजिक न्याय तथा मानवाधिकार समितिले सप्तरीको मलेठ घटना छाविनका लागि त्यतिबेला कांग्रेस सांसद रहेका मोख्तार अहमदको नेतृत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको थियो। समितिमा एमालेका बसुन्धरा रोकाया, माओवादी केन्द्रका दुलारी हरिजन, राप्रपा नेपालका श्यामसुन्दर टिबडेवाल र फोरम लोकतान्त्रिकका उषा यादवले नेतृत्व गरेको थियो ।

प्रतिवेदनमा मानव अधिकारको उलंघन र प्रहरीले बर्बरतापूर्ण अन्यायपूर्ण व्यवहार गरेको भनेर उल्लेख गरिएको थियो । गत बर्ष २०७३ फागुन २३ गते एमालेको मेची महाकाली अभियानको क्रममा चलिरहेको तेस्रो मधेस आन्दोलनको क्रममा मधेसी जनताहरुले विरोध गर्दा प्रहरीले टाउको र छातीमा ताकी ताकी गोली प्रहार गरी ५ जनालाई मृत्यूको घाट उतारेका थिए ।

 

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्