Logo
१२ श्रावण २०८१, शनिबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारी मनोनयन दर्ताका लागि बानेश्वर जाँदै

काठमाडौँ : भावी राष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचनको सम्पर्क कार्यालय रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउँदै छिन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले मध्याह्न १२ बजे राष्ट्रपति भण्डारी मनोनयन दर्ताका लागि नयाँ बानेश्वर जादैछन् । सत्तारुढ नेकपा (एमाले) को गए राति सम्पन्न स्थायी कमिटीको बैठकले राष्ट्रपतिमा भण्डारीको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय गरेको थियो । उनलाई वाम गठबन्धन समर्थन छ ।

निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज अपराह्न ३ बजेसम्म मनोनयनका लागि समय तोकेको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भने राष्ट्रपतिमा लक्ष्मी राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्