Logo
१२ श्रावण २०८१, शनिबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसद्धारा राष्ट्रपतिको निर्वाचनमा राईलाई उम्मेदवार बनाउने निर्णय

काठमाडौँ : नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा लक्ष्मी राईलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले शहीद देवानसिंह राईकी सुपुत्री लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।

लक्ष्मी राई काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वसभासद् हुन् । बैठकमा उपराष्ट्रपति, सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने सम्बन्धमा छलफल भए पनि त्यसमा केही निर्णय हुन सकेन ।

नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ । यसअघि नेकपा (एमाले) ले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने मंगलबार निर्णय गरेको थियो । राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने भएको छ । सो निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्