Logo
६ जेष्ठ २०८१, आईतबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गरिने

काठमाडौं : अर्थ मन्त्रालयले आज चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्दैछ ।

अर्थमन्त्रालयमा अपरान्ह् ४ बजे हुने मध्यावधी समीक्षामा राजस्व कम संकलन, चालु खर्च बढी र पुँजीगत खर्च कम हुनुका कारणहरुबारे समिक्षा हुने अर्थमन्त्रालयका प्रवक्ता अर्जुन पोखरेलले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा ७ दशमलव २ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको सरकारले अर्थतन्त्रका अधिकांश सुचक पुरा नहुने भएपनि ६ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । मध्यावधी समिक्षामा पूजिगत खर्च र राजश्वको वर्तमान अवस्था, आर्थिक वृद्धि लगायत अर्थतन्त्रका अधिकांश सूचकहरु समावेश गरिएको छ ।

सरकार परिवर्तनका कारण यो वर्ष मध्यावधी समीक्षा ढिलो हुन लागेको हो । यसैबीच अर्थमन्त्रालयले मुलुकको वर्तमान अवस्था र आगामी कार्ययोजना समेटेर श्वेतपत्र ल्याउने तयारी गरेको छ  । चालु आर्थिक वर्षको बजेटको मध्यावधि समिक्षा पश्चात श्वेत पत्र ल्याउने तयारी भइरहेको अर्थमन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

वित्तीय क्षेत्रमा देखिएको लगानीयोग्य रकमको अभाव, कमजोर राजस्व असुली , पुँजीगत खर्च, उच्च व्यापार घाटा न्यूनीकरण बारे श्वेतपत्र मार्फत सार्वजनिक गर्ने तयारी अर्थमन्त्री  डा युवराज खतिवडाको छ । संघीय संरचनामा वित्तिय स्रोतको व्यवस्थापन मुख्य चुनौती भएकाले त्यसको रणनीति तयार गर्न श्वेतपत्र सार्वजनिक गरीने अर्थमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्