Logo
१२ श्रावण २०८१, शनिबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुतावासको पहलमा पहिलो पटक भारत पुगे नेपाली कलाकार (१० फोटोहरु)

काठमाडौँ : विषेश प्रशिक्षणका लागि भारतको पुणेस्थित फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटीआईआई) पुगेका नेपाली कलाकारहरु स्वदेश फिर्ता भउका छनु । भारतीय दूतावासको सहयोगमा बीस नेपाली युवा कलाकार बीस दिनको बिषेश प्रशिक्षण लिएर आइतबार नेपाल फर्केका हुन् । दुतावासको पहलमा पहिलो पटक नेपाली कलाकारहरूले भारत पुगेर सिक्ने अवसर पाएका हुन् ।

भारतसरकारले पहिलो पटक यस्तो कार्यक्रम गरेको भारतीय दूतावासका डिपुटी चिफ अफ मिसन डा. अजय कुमारले बताए । पुणेको फिल्मइन्स्टिच्युट निकै प्रतिष्ठित मानिन्छ । यो इन्स्टिच्युटले पहिलो पटक विदेशी सहभागीलाई यस्तो तालिम दिएको दूतावासले जनाएको छ ।

तालिम लिनेहरूमा मलिना जोशी, आश्मा दाहाल, संयम पुरी, मोहम्मद वासी, दिपिका ढकाल, कृष्णा महतो, सुशील उप्रेती, सरिता शाह, सविना गोपाली, परीक्षित विक्रम राणा, गोपाल ढकाल, ज्योत्स्ना योगी, शारदा अधिकारी, सुरज गराच, प्रतीक दुलाल, रोहित तामाङ, कमलराज भट्ट, डलीसरकार, सुलक्षण भारतीलगायत छन् ।

प्रकाशित मिति: Mar 6, 2018

प्रतिक्रिया दिनुहोस्