Logo
१२ श्रावण २०८१, शनिबार
(March 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं :  राष्ट्रपतिको आसन्न निर्वाचनमा सुरक्षा व्यवस्था  कडा बनाउन सुरक्षा निकायलाई निर्वाचन आयोगले निर्देशन गरेको छ ।

आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको आसन्न निर्वाचनमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त ढङ्गले मिलाउन सुरक्षा निकायलाई निर्देशन गरेको हो ।

राष्ट्रपतिको निर्वाचन सञ्चालन र व्यवस्थापनको तयारीको क्रममा आज निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उक्त निर्देशन दिएको आयोगको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले स्थानीय तह, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित रुपले सम्पन्न गर्न सुरक्षा निकायले पुर्‍याएको योगदानप्रति धन्यवाद दिएका थिए ।

बैठकमा निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौड्याल, निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल, रक्षा मन्त्रालयका सचिव विनोद के.सी. एवं अन्य सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । राष्ट्रपति निर्वाचन यही फागुन २९ गते हुँदैछ ।

प्रकाशित मिति: Mar 6, 2018

प्रतिक्रिया दिनुहोस्