Logo
१९ बैशाख २०८१, बुधबार
(March 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीयता सफल कार्यान्वयन वर्तमानको आवश्यकता : कानूनमन्त्री चुमान

पोखरा : प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले संघीयता कार्यान्वयन वर्तमानको आवश्यकता भएको बताएमा छ । तमु ह्युला छोजधिं गुरुङ राष्ट्रिय परिषद् नेपालद्वारा आज पोखरा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले लामो समयको संघर्षको जगमा प्राप्त संघीयतालाई संस्थागत गर्ने दायित्व प्रदेश सभा सदस्यकै काँधमा रहेको उल्लेख गरे ।

संघीयता कार्यान्वयसँंगै मुलुकका विविधतालाई सम्बोधन गर्न सकिने उल्लेख गर्र्दै उनले भने, “यसलाई सबै जातजाति, धर्म, पेशा र वर्गका मानिसले अपनत्व महसुश गर्ने बनाए ।”

नेकपा एमालेका अञ्चल सचिव एवम् प्रदेश सभा सदस्य मायानाथ अधिकारीले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउन सके मात्र जनताले वास्तविक संघीयताको अनुभूति गर्ने उल्लेख गरे ।

नेपाली काँग्रेसका नेता एवम् प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले घोषणापत्रमा उल्लेख भएअनुसार काम गर्न वामगठबन्धनलाई आग्रह गर्दै आफूहरु रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

प्रकाशित मिति: Mar 6, 2018

प्रतिक्रिया दिनुहोस्