Logo
३१ असार २०८१, आईतबार
(March 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आखिर किन निरुत्साहित भए सर्प संरक्षक मण्डल

पछिल्लो समयमा धनुषा जिल्लामा मात्र नभई सामाजिक संजाल मार्फत देश विदेशमा समेत सर्प संरक्षणको अभियानीकै रुपमा चिर परिचित देव नारायण मण्डलको करिब एक महिनापुर्व आएको एक स्टेटसले मेरो ध्यानाकृष्ट गरेको थियो । नराम्ररी दुखित तूल्याएको थियो मलाई उनको त्यो स्टेटसले र्। आफै मजबुत भई लामो यात्रा तय गर्न अहिले व्यक्तिगत रुपमा विश्राम लिनु उचित लाग्यो ,संस्थागत रुपमा अगाडी बढ्ने प्रयास जारी छ ” उनले लेखेका यी वाक्यले मलाई घोँच्नु स्वभाविक थियो किनकी वातावरण प्रतिको मेरो मोह र उनीबाट मैले राखेको अपेक्षामा ठेस जो लागेको थियो ।

आप्नै भूमिको लागि केही गर्ने सोंचले भारतको आगरामा लाख भन्दा बेसी तलबको सम्भावनालाई छोडेर आफुले आर्जन गरेको ज्ञान आप्mनै भूमिका लगानी गर्ने महान सोँचका साथ काम गर्ने व्यक्तिहरुको निरुत्साहित भावको यो स्टेटसले मलाई मात्र होइन जुन सुकै सचेत नागरिकको मन दुख्नु स्वभाविक थियो । संचारकर्मी र खास गरि वातावरण प्रेमी भएको नाताले मैले उनको कार्यलाई सुरु देखि नै अवलोकन गर्दै आएको थिएँ भने उनीसंग मेरो अपेक्षा पनि ठुलै थियो ।
लामो समय सम्म धनुषा जिल्लामै केन्द्रित रहेर पत्रकारिता गरिरहँदा उनी जस्ता लगनशिल र मिहिनेती अभियानी थोरै मात्र देखेको छुँ । सहि मायनेमा भन्ने हो भने वातावरण प्रतिको उनको स्नेह र सामान्यतया मनुष्यले शत्रु झैँ व्यवहार गर्ने सर्पसंगको मित्रता हालको दुई नम्बर प्रदेशमा अन्य कसैमा देखिएको छैन । विपरित परिस्थितिका वावजुद उनले एक्लै सर्प संरक्षणको निम्ति बढाएको कदम उदाहरणीय मात्र होइन नयाँ पुस्ताको निम्ति प्रेरणादायी समेत बनेको थियो तर उनको पछिल्लो स्टेटसले वातावरण संरक्षणमा काम गर्ने सोँच बनाएका भविष्यका विद्यार्थीहरुको निम्ति पक्कै पनि शुभसमाचार हुन सक्दैन ।

भारतको दिल्लीबाट वातावरण तथा दिगो विकास विषयमा स्नातकोत्तर सम्मको अध्ययन गरि आगरा स्थित सर्प संरक्षण सम्बन्धि विशेष तालिम र अनुभव लिएर लाखौ कमाउन सकिने कतिपय अवसरलाई लत्याउँदै आफनो भूमि फर्केका मण्डलले मिथिला वाईल्ड लाईफ ट्रष्टको स्थापना गरि एकल रुपमा सर्प संरक्षणमा लागिपरेका थिए । ईलाका वन कार्यालय धनुषाधामको सहकार्यमा उनले थालेको अभियानले विगत ६ वर्ष भित्रमै लगभग साढे तीन हजार सर्पलाई समातेर जंगलमा सुरक्षित रुपमा छोडेको मण्डलको कथन छ । ३२ सय हुँदा सम्म काउण्ट गरेपनि कहिँ कतै बाट कुनै सहयोग नहुँदा यस कार्य प्रतिको जाँगर मर्दै गएको दुखेसो उनको गुनासो छ ।

वातावरणविद मण्डलकै मिहिनेतको प्रतिफल थियो लोपोन्मुख प्रजातिको सर्प राजगहुमन (किंगकोबरा)को संरक्षण गर्न सकिने सम्भावनाहरुको खोजी मात्र नभई धनुषाधाम स्थित वन कार्यालय परिसरमा दुई वटा किंगकोबरालाई एक वर्ष सम्म पाल्न समेत सकियो । किंगकोबरा हेर्नको निम्ति भीड नै लाग्ने गरेको थियो । १० रुपियाको टिकट दरले सर्प हेर्न सकिने व्यवस्था गरिएको र सो किंग कोबराकै कारण स्थानीय दुई जनाले जागिर पनि पाएका थिए । थोरै रकम भएपनि दुई जनाको परिवार सोही किंग कोबराले पालेको र भविष्यमा चिरियाखानाको व्यवस्था हुँदै गएपछि थुप्रै सम्भावनाहरु अगाडी आउने मण्डलको विश्वास थियो तर सम्बन्धित निकायको उदासिनता र आर्थिक सहयोग बिना कुनै पनि कार्य सफल हुनै सक्दैन भने सत्यलाई उनले स्विकार गर्दै गत एक महिना पुृर्व ती दुबै किंगकोबरालाई जंगलमा गएर छोडे ।
सर्पको संरक्षण गर्न नसकिए यसले प्राकृतिक वातावरणको ईकोसिष्टममा ठुुलै क्षति हुने बताउँदै उनी भन्छन , — ‘ सर्प यस्तो प्राणी हो जो कसैको शिकार त कसैको लागि शिकारी हुन त्यसैले ईकोसिष्टममा यसले ठुलै महत्व राख्दछ , सर्पले अन्न पात क्षति गर्ने एवँ विभिन्न रोगको वाहकको रुपमा रहेको मुसाको नियन्त्रणको रुपमा ठुलो भूमिका खेल्ने गर्दछ भने सर्प पाईने ठाउँको आसपास क्षेत्रमा रहेका २३ देखि २६ प्रतिशत विषालु किराको शिकार गर्ने हुँदा यसको बहुआयामी महत्व छ ,हामीले सर्पलाई मार्ने होइन यसको संरक्षण गर्न सक्नु पर्छ ।

स्नेक ईगल सहितका कतिपय चराचुरुंगीहरुको मुख्य भोजनको रुपमा रहेको सर्पको संरक्षणको जति महत्व ईकोसिष्टमको निम्ति रहेको छ त्यति नै सर्पदंशबाट हुने मानवीय क्षति न्युनिकरणको निम्ति पनि उत्तिकै महत्व रहेको उनको कथन छ । त्यति मात्र होइन सर्पदंशको उपचारको निम्ति चाहिने एन्टि स्नेक भेनम निर्माणको निम्ति पनि सर्पकै विष अनिवार्य भएको हुँदा सर्पको संरक्षण कार्य आफैमा अत्यन्त महत्वपुर्ण छ ।

ज्ञातव्य छ कि हाम्रो मुलुकमा सर्पदंशको उपचारको निम्ति औषधिको चरम अभाव नै छ अधिकाँश घटनामा मृत्यु अवश्यमभावी नै हुने गरेको छ भने कतिपय घटनाहरु बाहिर नै आउँदैनन भन्ने मण्डलको दावी छ । उनी भन्छन , अहिले भारतले आफ्नो १०० प्रतिशत उत्पादनको ६० प्रतिशत जति एन्टि स्नेक भेनम हामीलाई निर्यात गर्ने गरेको छ । जुनकी अत्यन्त दुर्भाग्यपुर्ण रहेको उनको ठहर छ । ७५ प्रजातिका सर्पहरुको नोटिस भईसकेको हाम्रो मुलुकमा सर्पको संख्या अत्याधिक छ । र हिमाल एवं पहाडको तुलनामा तराईमा झनै बढि सर्प रहेको बताउँदै उनले भने , — ‘ हामीले एन्टिस्नेक भेनम निर्माण गर्न थालेपछि भारतबाट आयात होइन हामीले विश्वकै कपिपय राष्ट्रहरुमा यो औषधि निर्यात गर्न सक्छौ र यस वापत हामीले ठुलै विदेशी रकम भित्रयाउन सक्छौ तर दुर्भाग्य हामी आयात गर्देछौ , भारतले पनि जसो तसो हामीलाई औषधि पुरयाईरहेको भन्दै यस प्रति अत्यन्त गंभिर हुनु जरुरी छ । े

मुलुककै पोखरा ,पाल्पा लगायतको केही ठाउँमा आफनो सहकर्मीहरुले काम गरिरहेको र उनीहरुले समुदाय र सरकारी स्तरबाट पनि सहयोग पाउँदै आएपनि आफुले अहिले सम्म कहिँ कतै बाट सहयोग नपाउँदा निरुत्साहित भएको र व्यक्तिगत रुपमा कामलाई निरन्तरता दिन गाहै भएको अनुभव उनी सुनाउँछन । संघीयताको ढाँचा लगायतको कारणले निकट भविष्यमा पनि कुनै कतैबाट केही सम्भावना नदेखिए पछि आफ्रनो परिवार प्रतिको भविष्यको चिन्ताले आफुले यस कामलाई निरन्तरता दिन नसक्ने र सो कारुणले नै एक वर्ष देखि बच्चा जस्तो पालेको किंग कोबरालाई जंगलमा छोडन बाध्य भएको दुखेसो उनको छ । गहुमन ,धामन र करैत जस्तो सर्प नै किंगकोबराको मुख्य भोजनको रुपमा रहेकोले किंगकोबराको संरक्षणले यी सर्पहरुको अनियन्त्रित संख्यालाई नियन्त्रणमा समेत भूमिका खेल्ने भएको हुँदा किंगकोबरालाई जंगलमा छोडने घटना मेरोलागि अविष्मरणीय तर दुखदायी थियो ।

गाउँ घरबाट टेलिफोन आउँदा सर्प समात्ने कार्य अझै जारी नै राखेको भएपनि यस प्रतिको चासोमा भने कमि आएको र भविष्यमा यसबाट टाढा नै भईन्छ कि भन्ने डरले समेत सताउने गरेको उनको कथन । काम सुरु गर्दा अविवाहित युवा अवस्था भएको र अहिले आएर विहेवारी गरेपछि पारिवारिक जिम्मेवारी बढेको सुनाउँदै उनले अर्थोपार्जन संग नजोडिए काम गर्नै नसकिने अवस्था रहेको उनी प्रष्ट बताउँछन । धनुषा जिल्लामै मात्रै वर्षेनी साढे दुई सय भन्दा बेसी सर्पदंशको घटना हुने गरेको र आफुले थालेको अभियान पछि यसमा व्यापक कमि आएको दावी उनी गधनुषा जिल्लामै मात्रै वर्षेनी साढे दुई सय भन्दा बेसी सर्पदंशको घटना हुने गरेको र आफुले थालेको अभियान पछि यसमा व्यापक कमि आएको दावी उनी गर्छन ।

ठुलै चुनौतीका वावजुद आशावादी भई आफुले नेपाल सरकारको वन मन्त्रालय देखि वातावरणमा काम गर्ने सरकारी गैरसरकारी लगायतका विभिन्न ठाउँमा आफुले हार गुहार गरिसकेको र ट्रष्ट मार्फत काम गर्न चाहँदा चाहँदै पनि कतै बाट सहयोग नहुँदा जाँगर मर्नु स्वभाविक रहेको उनी बताउँछन । वातावरणमा काम गर्ने व्यक्तिहरुको चरम अभाव रहेको बेला मण्डल जस्ता अभियानी निरुत्साहित हुनु धनुषा या दुई नम्बर प्रदेशको निम्ति मात्र होइन समग्र देश र यस धर्तीकै निम्ति दुखद कुरो हो । आखिर किन निरुत्साहित भए मण्डल भन्ने प्रश्नको जवाफ कसले देला ? समुदायले या सरकारले ? स्मरणीय छ कि वावतारण विद मण्डलले सर्पको संरक्षणमा मात्र नभई सम्पुर्ण वन्यजन्तुकै संरक्षण सम्बद्र्धनको निम्ति काम गर्दै आएका छन ।

प्रकाशित मिति: Mar 6, 2018

प्रतिक्रिया दिनुहोस्