Logo
१२ श्रावण २०८१, शनिबार
(March 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कलेजको तालाबन्दी नखुल्दा चार सय विद्यार्थी अलपत्र

लहान : विद्यार्थीले करीव एक महिनाअघि गरेको तालाबन्दी अझै नखुल्दा सिरहाको मिर्चैया नगरपालिकास्थित ब्रह्मचारी दामोदरानन्द कलेजको पठनपाठन प्रभावित भएको छ ।

नियमित पठनपाठको माग गर्दै गत माघ २४ गतेदेखि कलेजमा तालाबन्दी गरिएकाका कारण करीव चार सय विद्यार्थी अलपत्र छन् । कलेजमा तालाबन्दी गरिए पनि कलेज प्रशासनले कुनै चासो नदिएको भन्दै आक्रोशित विद्यार्थीले क्याम्पस प्रमुखको पुतला दहन र आगजनीसमेत गरेका थिए ।

विद्यार्थीले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन र तालाबन्दी जारी रहने बताएका छन् । कलेजको शैक्षिक, आर्थिक र व्यवस्थापकीय सुधारको माग गर्दै लामो समयदेखि विद्यार्थी आन्दोलित हुँदै आएका छन् । क्याम्पस प्रशासनले तालाबन्दी खुलाउन पटक पटक प्रयास गरे पनि सफल हुन नसकेको जनाएको छ ।

प्रकाशित मिति: Mar 6, 2018

प्रतिक्रिया दिनुहोस्