Logo
१२ श्रावण २०८१, शनिबार
(March 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संयुक्त राष्ट्रसंघीय सहायताकर्मीहरु सिरियाको गुटा पुगे

दमासकास : संयुक्त राष्ट्रसंघीय सहायताकर्मीहरुको एक समूह सोमबार हिंसात्मक हमलाहरु जारी रहेको सिरियाको गुटा क्षेत्रको नजिकै पुगेका छन । गएका केही हप्तादेखि उक्त क्षेत्रमा सिरियाली र रुसी सैनिकको हमलाका कारण हिंसा जारी रहेको अवस्थामा सोमबार ंराष्ट्रसंघीय सहायताकर्मीहरुको एउटा सानो समूह उक्त क्षेत्रको नजिक पुगेको समाचार आएको छ ।

सो क्षेत्रमा केही हप्तायतादेखि हिंसा जारी रहेका कारण मानवीय सहायता तथा आधारभूत आवश्यकताको अभावमा नागरिक निकै मर्कामा परेका छन् । उनीहरुका अनुसार यसरी समस्यामा परेका नागरिकलाई सहयोग पु¥याउनका लागि सेनाले पनि कुनै पहल गरेको थिएन । उल्टै उक्त हमलाका कारण यस्तो सहयोग सामाग्री पनि पु¥याउन नसकिएको बताउँदै आइएको थियो ।

राष्ट्रसंघीय सहायता कार्यक्रमका एकजना अधिकारीकाअनुसार गएको कम्तीमा हप्तादिनयता सो क्षेत्रमा कोही पनि जान नसकेकोले नागरिक खान नपाएर मरिरहेको बताइएको थियो । ती अधिकारीले सोमबार दिएको जानकारीअनुसार यस्तो सहयोग सामाग्री बोकेका २४ वटा ट्रक सोमबार नै पूर्वी गुटाको डुआमा जिल्लामा पुगेको छ ।

रुसी र सिरियाली सेनाले गरेको हमलाका कारण चेपुवामा परेका नागरिकलाई कुनै सहायता सामग्री पनि उपलब्ध गराउन नसकिएको जानकारी यसअघि राष्ट्रसंघले दिँदै आएको थियो । मानवअधिकारका लागि राष्ट्रसंघीय उच्च आयुक्त जेइड राअड अल हुसेनले गुटामा दशौँ हजार नागरिक गत पाँच वर्षयता चेपुवामा परेका बताउनुभयो । उनीहरु आधारभूत आवश्यकताबाट समेत बञ्चित भएका छन् भने बम आक्रमण पनि उत्तिकै खेपिरहेका छन् ।

गुटा क्षेत्रमा अत्याधिक असुरक्षा भएपछि धैरै नागरिक विस्थापित भएका छन् । उनीहरु सुरक्षित ठाउँ खोज्दै अन्यत्र गएको पाइएको छ । उनीहरुले सुरक्षित शिविरहरु खोजेका बताइएको छ ।

सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वीगुटामा करिब चार लाख मानिसको बसोबास रहेको छ । गुटा राजधानी दमासकसनजिकको विद्रोहीको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो ।

सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वको क्रममा हालै गुटामा भएको हिंसालाई एक रक्तपातपूर्ण कारबाहीको रुपमा हेरिएको छ । पछिल्लो कारबाहीमा परी १०० भन्दा बढी बालबालिकासहित ६०० भन्दा बढी नागरिक मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।  (रासस÷सिन्ह्वा)

प्रकाशित मिति: Mar 6, 2018

प्रतिक्रिया दिनुहोस्