Logo
१९ बैशाख २०८१, बुधबार
(March 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुडिरहेको गाडीको ढोकाबाट खसेर गाडीका परिचालकको मृत्यु

भक्तपुर : गुडिरहेको गाडीको ढोकाबाट खसेर गाडीका परिचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको लक्ष्मनीया घर भएका लक्ष्मण चौधरी रहेका छन् ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा रहेको साझा पेट्रोल पम्प नजिकैको ओरालोमा सोमबार बेलुका दुर्घटना हुदा उनको मृत्यु भएको हो ।

बा २ ख ६९७६ नम्बरको गाडीको ढोकाबाट खसेर गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा मध्यपुर अस्पताल ठिमीमा ज्यान गएको प्रहरीले जनाएको छ । बसका चालकलाई प्रहरीले पक्रेको छ ।

प्रकाशित मिति: Mar 6, 2018

प्रतिक्रिया दिनुहोस्