Logo
१२ श्रावण २०८१, शनिबार
(March 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं : आज संघीय संसद् र राष्ट्रियसभाको बैठक बस्दैछ । हिजोबाट सुरु भएको संसद बैठक विभिन्न कार्यसूचीहरुमा छलफल गर्न आज पुनः बस्न लागेको हो ।

संसद् सचिवालयले बिहान ११ बजे दुवै सदनको बैठक बस्न लागेको जानकारी दिएको छ । सचिवालयका अनुसार, प्रतिनिधिसभाको आजको बैठकको मुख्य कार्यसूची प्रधानमन्त्रीले विश्वासको मत लिने मितिसँगै सभामुख चयनको मितिसमेत तय गर्ने रहेको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताले समेत सम्बोधन गर्ने कार्यक्रम छ । यद्यपि, प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी ओलीले भने आजको बैठकमा सम्बोधन नगर्ने बताइएको छ । संघीय संसदमा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम गरी ५ दलको प्रतिनिधित्व छ ।

सचिवालयका अनुसार, आजको बैठकले नियमावली मस्यौदा समिति गठन गर्नेछ । राष्ट्रिय सभाको आज बस्ने बैठकले अध्यक्षको निर्वाचन मिति तय गर्न सक्ने सम्भावना छ ।

प्रकाशित मिति: Mar 6, 2018

प्रतिक्रिया दिनुहोस्