Logo
१२ श्रावण २०८१, शनिबार
(March 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१७ वटै मन्त्रालयको संरचना बदल्ने सरकारको तयारी

काठमाडौं : सरकारले १७ वटै मन्त्रालयको संरचना बदल्न तयारी अघि बढाएको छ ।

मन्त्रालय र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यलयको प्रशासनिक संरचना फेरबदल गर्ने तयारी सरकारले गरेको हो । मन्त्रालय तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासनिक संरचना फेरबदल गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालका सचिव दिनहुँ बैठक हुने गरेको छ ।

प्रधानमन्त्री कार्यालका एक कर्मचारीका अनुसार कुन मन्त्रालयमा कति कर्मचारी राख्ने, शाखा, महाशाखा कति राख्ने, विभागहरू कति राख्ने भन्नेबारेमा विषयगत रुपमा छलफल भइरको छ । बैठक अझै केही दिन जारी रहने ती कर्मचारीले बताए । बैठकमा सबै मन्त्रालयबाट प्रतिनिधित्व गराइएको छ ।
संगठन व्यवस्थापन ‘सर्भेु’ तयार गर्न छुट्टाछुट्टै समूह बनाएर छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका कर्मचारी बताउँछन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयमा सल्लाहकार समूह तथा विज्ञ समूहको दरबन्दी स्थायीरूपमै राख्ने तयारी भएको छ । स्थायी दरबन्दी कायम भएमा प्रधानमन्त्री फेरिनेबित्तिकै व्यक्ति फेरिन्छन् तर दरबन्दी भने कायमै रहने जनाइएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले हालै मात्र मन्त्रालयको संख्या घटाई १७ बनाएको थियो ।

प्रकाशित मिति: Mar 6, 2018

प्रतिक्रिया दिनुहोस्