Logo
१२ श्रावण २०८१, शनिबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक सुरक्षामा गैरआवासीय नेपाली संघले सहयोग गर्ने

काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सडक सुरक्षाका विषयमा सरकारसँग मिलेर काम गर्ने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघबीच सडक सुरक्षासम्बन्धी ज्ञान र सीपलाई आदानप्रदान गर्नेसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा आज हस्ताक्षर भएको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र संघका अध्यक्ष भवन भट्टबीच हस्ताक्षर भएको हो । संघले विदेशमा सिकेको सडक सुरक्षासम्बन्धी ज्ञानलाई नेपालका सडक सुरक्षामा प्रयोग गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको संघले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघले सडक सुरक्षा बढाउन एक प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नेछ । संघले यसअघि नेपाल इञ्जिनियर्स एसोसिएसनसँग पनि सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ । सडक सुरक्षामा ध्यान नदिँदा वर्षेनी सयौँ नागरिकको ज्यान जाने गरेकाले त्यसमा विशेष ध्यान दिइएको संघले जनाएको छ । (रासस)

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्