Logo
१५ बैशाख २०८१, शनिबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई टुँडिखेलमा गार्ड अफ अनर

काठमाडौँ : नेपालको औपचारिक भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासीलाई राज्यले गार्ड अफ अनरले सम्मानित गरेका गरिएको छ ।  साँझ ६ बजे पाक प्रधानमन्त्री अब्बासीलाई सेनाले गार्ड अफ अनरको सम्मान दिएको हो ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित राज्यका उच्च पदाधिकारीहरुको उपस्थितिमा गार्ड अफ अनरले सम्मानित गरिएको हो । यसअघि एर्यपोर्टमै गार्ड अफ अनर दिने परम्परा थियो, टुडिखेलमा बिदेशी पाहुनालाई गरिएको यो पहिलो सम्मान हो ।

दुईदिने भ्रमणमा सोमबार नेपाल आइपुगेका अब्बासीले प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीसँग अलगअलग भेट्ने कार्यक्रम भए पनि पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने छैनन् ।

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्