Logo
१२ श्रावण २०८१, शनिबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीको औपचारिक आग्रहलाई राजपाद्धारा स्वागत

काठमाडौँ : राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा आउन गरेको औपचारिक आग्रहलाई स्वागत गरेको छ ।  बैठकले एमाले-माओवादी गठवन्धनले चाहे सरकारमा गएर वा बाहिरबाटै पनि संविधान संशोधनमा सहयोग गर्न सकिने निष्कर्ष समेत निकालेको छ ।

फोरमलाई मात्र सरकारमा ल्याउने वामगठबन्धनको प्रयासबाट असन्तुष्ट भएको भनिएको राजापा अध्यक्षमण्डलका संयोजक महन्त ठाकुरलाई प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा बोलाएर दुई घण्टा छलफल गरेका थिए । सो क्रममा ओलीले राजपालाई पनि सरकारमा सहभागी भएर देशको समृद्धिमा सहयोग पुर्‍याउन आग्रह गरेका थिए ।

ओलीसमक्ष सो आग्रहपछि सरकारमा सहभागिताबारे छलफल गर्न सोमबार राजपाको पार्टी कार्यलयमा बबरमहलमा अध्यक्ष मण्डलको बैठक बसेको थियो । सो बैठकमा संविधान संशोधनको विषयमा समेत छलफल भएको छ ।  ‘हाम्रो प्रमुख मुद्धा भनेको संविधान संशोधन हो,’ अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले भने, ‘यदि सरकार त्यो विषयमा सकारात्मक हुन्छ भने छलफल गर्न हामी सधैं तयार छौ ।’

भण्डारीले मधेसका मुद्धालाई समाधान गर्न संविधान संसोधन गरेमा सरकारमा नै नगइ पनि सहयोग गर्न सकिने बताए । ‘सरकारमा सामेल हुनै पर्छ भन्ने होइन, प्रमुख कुरा हाम्रीले उठाएका मुद्धा सम्बोधन हुन्छन् हुदैनन भन्ने हो,’ उनले थपे । ‘सरकारको प्रस्तावमा छलफल भयो, त्यसलाई हामीले सकारात्मक लिएका छौं,’ भण्डारीले भने, ‘हामीले सबै पक्षसँग छलफल र वार्ताहरु जारी राख्ने निर्णय गरेका छौं ।’ उनले आफूहरु सधैं वार्ताको पक्षमा रहेको बताउँदै वार्ताबाटै सकारात्मक परिणाम निस्कनेमा पनि आशावादी रहेको बताए ।

 

राजापाका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले अहिले सरकारमा सहभागी हुनका लागि उसले भविष्यको रणनीतिका विषयमा पनि स्पष्ट हुनुपर्ने बताए । लालले केन्द्रीय सरकारमा हुने सत्ता समीकरणले प्रदेश २ को प्रदेश सरकारमा कुनै असर नपर्ने बताए । वाम गठबन्धनले यसअघि नै प्रदेश २ मा फोरम-राजपा गठबन्धन सरकारलाई समर्थन दिइसकेको छ ।

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्